अदुवा कथामा लोकप्रिय संस्कृति {Popular Culture in 'Aduwa' Story}
DOI:
https://doi.org/10.3126/irjmmc.v7i1.93009Keywords:
क्रियाकलाप, भावुक, लोकप्रिय, सम्प्रेषण, संयोग, Activity, Emotional, Popular, Communication, CoincidenceAbstract
अदुवा’ कथा दुर्गा कार्कीद्वारा लिखित कुमारी प्रश्नहरू कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो । प्रस्तुत अनुसन्धानात्मक लेख दुर्गा कार्कीको ‘अदुवा’ कथामा अन्तनिर्हित लोकप्रिय संस्कृतिको विश्लेषणमा आधारित रहेको छ । दुर्गा कार्कीको अदुवा कथामा अन्तनिर्हित लोकप्रिय संस्कृतिको अध्ययन प्रस्तुत शोधकार्यको प्राज्ञिक विषय हो । प्रस्तुत अध्ययनमा अनुसन्धान विधिको महत्त्वपूर्ण भूमिका रहेको छ । यसले वैज्ञानिक र व्यवस्थित अध्ययनका लागि आवश्यक चरणहरू उपलब्ध गराएर निष्कर्षसम्म पुग्नका लागि मार्गदर्शन गरेको छ । यस अध्ययनका लागि सामग्रीको स्रोत, सामग्री सङ्कलनको विधि र तरिका र सामग्री विश्लेषणको विधि र तरिका शोधविधिका रूपमा अवलम्बन गरिएको छ । प्रस्तुत अनुसन्धानात्मक लेखमा सामग्री सङ्कलनको स्रोत दुर्गा कार्कीको कुमारी प्रश्नहरू कथासङ्ग्रहमा सङ्ग्रहित ‘अदुवा’ कथालाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत अनुसन्धानात्मक लेखको शोधविधि अन्तर्गत सामग्री सङ्कलन प्राथमिक र द्वितीयक विधिबाट गरिएको छ भने सामग्री विश्लेषणका लागि गुणात्मक विधिको प्रयोग गरिएको छ । यस अनुसन्धानात्मक लेखको प्राज्ञिक समस्याको समाधान र निर्धारित उद्देश्यहरू पूरा गर्नका निम्ति सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट चयन गरिएको छ । ‘अदुवा’ कथामा प्रयुक्त पात्रहरू, तिनको पृष्ठभूमि र परिवेश, आपसी अन्तरक्रिया, सांस्कृतिक जीवनपद्धति र मूल्य एवम् समस्यालाई उद्घाटन गर्ने विभिन्न पक्षहरूको प्रतिनिधित्व गर्ने साक्षीका रूपमा विविध सूचकहरूलाई उद्देश्यमूलक ढङ्गले प्राथमिक सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीहरूबाट प्राप्त तथ्याङ्कको विश्लेषण र मूल्याङ्कन गरी सामान्यीकृत निष्कर्षसम्म पुग्नका लागि विभिन्न सैद्धान्तिक र प्रायोगिक समालोचनाका ग्रन्थहरूबाट द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ । प्रस्तुत लेखमा सामग्री विश्लेषणात्मकका लागि गुणात्मक विधिको प्रयोग गरिएको छ । लोकप्रिय संस्कृति भनेको सामान्य मानव समूहको संस्कृति भन्ने बुझिन्छ । ‘अदुवा’ कथा विभिन्न दृष्टिकोणबाट सबल रहे पनि यस लेखमा भने लोकप्रिय संस्कृतिको कोणबाट अध्ययन, विश्लेषण गरिएको छ । लोकप्रिय संस्कृतिको सैद्धान्तिक पर्याधारका दृष्टिकोणबाट अध्ययन, विश्लेषण गरी विश्लेष्य कथा संयोग, यात्रा, भावुक प्रेम र क्रियाकलापजस्ता दृष्टिकोणबाट दुर्गा कार्कीको कुमारी प्रश्नहरू कथासङ्ग्रहमा अवस्थित ‘अदुवा’ कथाको विश्लेषण गरिएको छ । यसक्रममा लोकप्रिय संस्कृतिका आधारमा प्रस्तुत कथाले नवीनतमता प्राप्त गरी विशिष्ट बनेको कुरा कथामा प्रस्तुत लोकप्रिय संस्कृति नै यस कथाको प्राप्ति हो भन्ने निष्कर्ष निकालिएको छ । [The present research article is based on the analysis of popular literature based on the story of Durga Kakri. Popular culture means common culture of a group of people. In the presented article, the main problematic of the story is selected as the main analysis of the content of the popular culture. As the main source of study material, library studies were considered as the basis, and as secondary material, various theoretical materials related to popular culture were used. Analytical methods are used in the presented article. Popular culture's theoretical framework approach from study, analysis, analysis, story combination, travel, passionate love and activities, approach from Durga Kakri's Kumari questions, existing in the collection of stories, the story is analyzed. Yes, based on the popular culture, the story is presented to the latest news.]
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.