पासो कथाको अभिघात विश्लेषण (The Trauma Analysis of 'Paso' Story)
DOI:
https://doi.org/10.3126/irjmmc.v5i5.73578Keywords:
अभ्याहत, आघात, जलन, तनाव, ध्वंसात्मक, प्रस्थान, Exasperation, Shock, Irritation, Stress disorder, Destructive, DepartureAbstract
प्रस्तुत लेख माया ठकुरीको ‘पासो’ कथाको अभिघात विश्लेषणमा आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कथामा देखिएको पूर्व अभिघात अवस्था, अभिघातका घटना र कारण तथा उत्तर अभिघात अवस्था जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार अभिघात समालोचनाअन्तर्गत क्याथी क्यारुलको अन्क्लेइम्ड एक्स्पेरिएन्सः ट्रमा न्यारेटिभ एन्ड हिस्ट्री (१९९६) कृतिमा प्रस्तुत सिद्धान्त रहेको छ । व्यक्तिको जटिल मानसिक स्वास्थ्यसम्बद्ध विषय रहँदारहँदै पनि अभिघात सिद्धान्तलाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा अभिघात समाजमा राजनीतिक वा सांस्कृतिक तथा व्यक्तिगत वा मनोवैज्ञानिक कारणबाट पात्रमा सिर्जित तनाव र विच्छिप्तावस्थाका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका पूर्व अभिघातको स्वरूप, अभिघात अवस्थाका घटना र कारण तथा अभिघातपश्चातको असन्तुलित स्थितिको खोजी गरी तिनको मनोवैज्ञानिक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । कुलत र आफैँले निम्त्याएको सामाजिक पारिवारिक दुर्घटनाबाट सिर्जित मानसिक चोटले पुर्याएको चेतनाको क्षति चित्रण गरिएको प्रस्तुत कथामा पात्र आफ्नो जीवनको सामान्य दैनिकीबाट कुटिलता र जालझेलतर्फ प्रस्थान गरेकै कारण अभ्याहत बनेको देखिन्छ । ‘पासो’ कथाको अभिघात विश्लेषणअन्तर्गत यस लेखमा पूर्वअभिघात अवस्था, अभिघातका घटना र कारण तथा उत्तर अभिघात अवस्थाको विश्लेषणका माध्यमबाट कथा अभिघातका चरण प्रकटीकरणका दृष्टिले नियमितताको समुचित निर्वाह गर्दै सोही अनुरूपका घटनाक्रम र पात्रको मनोदशा चित्रण गर्न सफल रहेको निष्कर्ष निकालिएको छ ।
[This article is based on the trauma analysis of Maya Thakuri's story 'Paso'. In this, paradigms such as pre-traumatic conditions, traumatic events and causes, and post-traumatic conditions have been used in the story to solve the main problem. The theoretical framework of this article is based on the theory presented in Kathy Carroll's Unclaimed Experience: Trauma Narrative and History (1996) under the title Trauma Criticism. Despite being a complex subject related to the mental health of an individual, trauma theory has been readily adopted by literature as an interdisciplinary critical method. In the field of criticism, trauma is a theory of analyzing a work based on the tension and dislocation created in the character due to political or cultural and personal or psychological reasons in society. It works by searching for the form of pre-trauma in the literary text, the events and causes of the traumatic state, and the unbalanced state after the trauma and analyzing them psychologically. In the present story, which depicts the loss of consciousness caused by mental trauma caused by addiction and self-inflicted social and family accidents, the character seems to have become a victim because he departed from the normal daily life of his life towards deviousness and deceit. Under the trauma analysis of the story 'Paso', this article concludes that the story has succeeded in depicting the sequence of events and the mood of the characters in a manner that is consistent with the regularity in terms of revealing the stages of trauma, through the analysis of the pre-traumatic state, the events and causes of the trauma, and the post-traumatic state.]
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.