जेन रहस्यान्वेषणका मूलभूत पक्ष (Basic aspects of Zen mysticism)
DOI:
https://doi.org/10.3126/irjmmc.v5i5.73277Keywords:
कोन, चेतना, जाजेन, जेन, सतोरी, Koan, Mind, Zazen, Zen, SatoriAbstract
प्रस्तुत लेख जेन रहस्यान्वेषणका मूलभूत पक्षको अध्ययन गर्नुमा केन्द्रित छ । रहस्यवादका क्षेत्रमा भिन्न धारणा लिएर देखापरेको जेन एउटा ध्यान प्रणाली हो जसमा चेतनाको प्रमुख भूमिका रहेको हुन्छ । मनोवैज्ञानिक रूपमा मानसिक गतिविधिको प्रक्रियासितै चेतनाको उद्भावनामा जेन रहस्यवादले गति प्राप्त गर्दछ । व्यक्तिमा रहेको मानसिक प्रकृतिको अन्वेषण गर्दै परिपूर्ण रूपमा शून्यज्ञ भई सतोरी प्राप्त गर्नु जेन रहस्यवादको अन्तिम परिणति हो । यस प्रकारको जेन रहस्यवादी परम्परासम्बन्धी विश्वका धेरै साहित्यकारहरूले काव्य रचना गरिसकेका छन् । यस्ता रचनाहरूको विश्लेषण गर्न जेनका प्रमुख प्रणालीहरूलाई आत्मसात गर्नुपर्छ । यसका लागि विशेष रूपमा चेतना, जाजेन, कोन र सतोरीजस्ता जेनका सर्वप्रमुख पक्षहरूलाई बुझ्न आवश्यक छ । मूल रूपमा एकजना व्यक्ति तथा साधक मनोवैज्ञानिक स्तरबाट रहस्यानुभूतिसम्म पुग्नसक्ने जेनका यी मान्यतागत पक्षहरूका प्रकृति, विशेषता र जेन रहस्यवादमा यिनीहरूका के कस्ता भूमिका रहेका छन् भन्ने विषयमाथि प्रकाश पार्नु यस लेखको मुख्य उद्देश्य हो । पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरी अध्ययन गरिएको प्रस्तुत लेख निगमनात्मक र विश्लेषणात्मक विधिमा आधारित छ । यस अध्ययनमा सङ्कलित सामग्रीलाई जेनकै सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । अन्ततः जेन रहस्यवादमा चेतना, जाजेन, कोन र सतोरीको महत्त्वपूर्ण भूमिका रहेका हुनाले यिनीहरू नै जेन रहस्यान्वेषणका मूलभूत पक्ष रहेको निष्कर्ष निकालिएको छ ।
[The present article focuses on studying the fundamental aspects of Zen mysticism. Zen, a unique system within the realm of mysticism, emphasizes the central role of consciousness, distinctively positioning itself as a meditative discipline. Psychologically, Zen mysticism advances through the process of mental activity and the emergence of consciousness. The ultimate goal of Zen mysticism is to reach satori (enlightenment) by attaining a complete state of Sunyata (emptiness) through an exploration of the individual's mental nature. Numerous literary figures worldwide have composed poetic works inspired by the Zen mystical tradition. To analyze such works, it is essential to internalize Zen's core principles, especially the critical elements of consciousness, zazen, koan, and satori. The primary objective of this article is to shed light on the nature, characteristics, and roles of these foundational aspects within Zen mysticism, illustrating how they enable a practitioner to move from a psychological level to a mystical experience. The article is based on deductive and analytical methods, with material gathered from library sources and analyzed within Zen's theoretical framework. Ultimately, in Zen mysticism, consciousness, zazen, koan, and satori play a significant role, leading to the conclusion that these are the fundamental aspects of Zen mystical exploration.]
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.