सिर्जन अविरलका ‘क्यान्टोनमेन्ट’ शृङ्खलाका कविताहरूमा जनयुद्धका लडाकुको मनोविज्ञान [Psychology of the People's War Fighter within the poem 'Cantonment and Other Poems' by poet Sirjan Aviral]
DOI:
https://doi.org/10.3126/irjmmc.v4i1.51856Keywords:
कविता, क्यान्टोनमेन्ट, जनयुद्ध, मनोविज्ञान, लडाकु, Poetry, Cantonment, People's War, Psychology, FightersAbstract
प्रस्तुत अध्ययनमा कवि सिर्जन अविरलको कविताकृति ‘क्यान्टोनमेन्ट र अरू कविताहरू’ भित्र रहेका ‘क्यान्टोन्मेन्ट’ शृङ्खलाका कवितामा पाइने जनयुद्धका लडाकुहरूको सामान्य मनोविश्लेषण गरिएको छ । तथापि, फ्रायडीय मनोविश्लेषणका सबै मान्यतालाई यस अध्ययनमा आधार बनाइएको छैन । यस अध्ययनका लागि मनोविज्ञानका पूर्वस्थापित मान्यतालाई सामान्य आधार बनाइएको छ भने अध्ययन विश्लेषणका लागि प्राथमिक र द्वितीयक दुवै स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमा वर्णनात्मक पद्धतिअनुसार विवेच्य सामग्रीहरूको विश्लेषण गरिएकाले यो मूलतः गुणात्मक अध्ययन हो । यो आलेख मूलतः निगमनात्मक पद्धतिमा आधारित छ तर मनोविश्लेषणका पूर्वस्थापित सिद्धान्तका आधारमा विवेच्य कविताका विभिन्न अंशहरूलाई उद्देश्यमूलक नमुनाका रूपमा छनोट गरी साक्ष्यका रूपमा प्रस्तुत गरिएका कारण यसमा आगमनात्मक पद्धतिको पनि प्रगोग गरिएको छ । विवेच्य कविताहरूमा जनयुद्धका लडाकुहरूको मनोविज्ञान के कस्तो छ भन्ने समस्यामा केन्द्रित रही ती कवितामा जनयुद्धका लडाकुहरूको मनोविज्ञानको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । अध्ययनबाट कवि अविरलका कविताहरूमा जनयुद्धका लडाकुहरूको कारुणिक मनोविज्ञानलाई प्रस्तुत गरिएको निष्कर्ष निकालिएको छ । वर्तमान समयमा नेपाली भाषामा कविता लेखिरहेका कविहरूका कवितामा कुनै न कुनै प्रकारको मनोविज्ञानको प्रस्तुति पाइने परिप्रेक्ष्यमा ती कविहरूका कवितामा पाइने मनोवैज्ञानिक पक्षको अध्ययन विश्लेषण गर्ने कार्यमा यो आलेखले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । त्यसैले यो अध्ययन औचित्यपूर्ण रहेको छ ।
[In this study, a general psychoanalysis of the fighters of the People's War found in the poems of the 'Cantonment' series within the poem 'Cantonment and Other Poems' by poet Sirjan Aviral has been done. However, all the assumptions of Freudian psychoanalysis are not based on this study. For this study, the pre-established beliefs of psychology have been made as a general basis, and for the analysis of the study, material has been collected from both primary and secondary sources. In this study, it is basically a qualitative study, as the selected materials are analyzed according to the descriptive method. This article is basically based on the deductive method, but based on the pre-established principles of psychoanalysis; various parts of critical poetry have been selected as objective samples and presented as evidence, so the inductive method has also been promoted in it. The main objective of this study is to analyze the psychology of the people's war fighters in the critical poems by focusing on the problem of what is the psychology of the people's war fighters in those poems. From the study, it has been concluded that the emotional psychology of the people's war fighters is presented in the poems of poet Aviral. It is expected that this article will help in the study and analysis of the psychological aspects found in the poems of those poets from the perspective of presenting some kind of psychology in the poems of the poets who are writing poems in Nepali language at the present time. Therefore, this study is justified.]
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2023 Khil Prasad Baral, Ramchandra Subedi, Jayram Gautam
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.