ह्योल्मो जातिको प्रथाजनित प्रणाली ‘ह्युलठिम’

Authors

  • Kumar Yatru
  • Tasi Lama Hyolmo

DOI:

https://doi.org/10.3126/ins.v3i3.81042

Keywords:

ह्युलठिम, परम्परागत कानून, गोवा, लामा स्याल्गर, चिवा

Abstract

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रलाई थातथलो भएका ह्योल्मो समुदायले आधुनिक राज्यको अवधारणा आउनुअघि प्रथाजनित स्वशासन प्रणाली ‘ह्युलठिम’ अभ्यास गर्थे । ह्युलठिम प्रणालीले ह्योल्मोहरूको भाषा, संस्कृति, धार्मिक आस्था, प्रथा, परम्परा, सामाजिक तथा आर्थिक जीवनशैलीलाई निरन्तरता प्रदान गर्न र पुस्तान्तरण प्रक्रियमामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । गुम्बाका लामा, सामुदायिक अगुवा गोवा, कार्य पद्धति हेरेर चिवा र लुङ्बाजस्ता परम्परागत पदाधिकारीहरूले प्रथाजनित प्रणाली ह्युलठिमको कार्यपालिकाको भूमिका निर्वाह गर्दछन् । ह्युलठिममा शक्तिको स्रोत डेजाङ अर्थात सम्पुर्ण जनतामा हुन्छ, जसलाई व्यवस्थापिकाको रूपमा लिने गरिन्छ । ह्युलठिमले प्रथाजनित कानून निर्माण गरेर आफै कार्यन्वयन गर्दछ । ह्योल्मो समाजमा सोनाम ल्होछार, ञ्युङने, छेच्यु, न्हारा, म्हानी बुम, बुद्धजयन्ती, सागादावा, ह्याएलगायतका चाडपर्वहरूको व्यवस्थापन र सञ्चालनमा ह्युलठिमले विशेष भूमिका निर्वाह गर्दछ । यसैगरी प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोग र नियन्त्रणमा भूमिका खेलेको हुन्छ । न्यायपालिकासम्बन्धी कर्तब्य अन्तर्गत ह्युलठिमले दण्ड जरिवानाको समेत व्यवस्था गरेको हुन्छ । गुम्बाको परम्परा र आदेश उल्लङ्घन भएमा ह्युलठिमले कारबाही गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
61

Downloads

Published

2025-07-03

How to Cite

Yatru, K., & Hyolmo, T. L. (2025). ह्योल्मो जातिको प्रथाजनित प्रणाली ‘ह्युलठिम’ . Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 175–187. https://doi.org/10.3126/ins.v3i3.81042

Issue

Section

Articles