तामाङ परम्परागत शासन व्यवस्था र चोको/चोहो प्रथा
DOI:
https://doi.org/10.3126/ins.v3i3.80964Abstract
तामाङ प्रथाजनित शासन व्यवस्थाको रूपमा तामाङ शासक ग्याल्बो च्युङी (बाह्र राजा), तामाङ च्युङी १२ तामाङ र ह्रुअीछेन च्योप ग्ये १८ महावंश, १२ तामाङ र १८ तामाङ थर लगायतका तामाङ शासकीय संरचनालाई जनाउँछ । १२ तामाङ शासकीय स्वरूप हो भने १८ महावंश तामाङ थरहरूको गण संरचना हो । प्राचीन तामाङ शासन व्यवस्थाको स्वरूप संघीय रहेको सङ्केत गर्दछ । लोपउन्मुख यो शासन व्यवस्था बारेको सूचना तामाङ सांस्कृतिक अनुष्ठान तथा संस्कारका मौखिक पाठहरू र प्राचीन साहित्यिक रचनाहरूमा भाषिक शब्दावलीमा अवशेषात्मक र सङ्केतात्मक रूपमा भेटिन्छ । तामाङ शासकीय स्वरूपका ग्याल्बो राजा वा प्रमुख शासक, लोन्पो मन्त्री, चोहो/चोमो सञ्चालक सञ्चालिका, सामाजिक सङ्गठनको संरचना, जिम्मेवारी प्राप्त नेतृत्वका दायित्व र कार्य विवरण समग्रमा तामाङ प्रथाजन्य न्यायप्रणाली हुन । तामाङ शासन व्यवस्थासँग सम्बन्धित तामाङ भाषाका ग्याल्बोच्युङी, चोको, चोहो, नेपो–नेमो, नेठी, ग्याल्ठी, ग्याल्बो, ग्ले, लोन्पो, ताम्सालिङ, १२ तेमाल, १२ लाच्याङ, १२ गोस्र्याङ; दिम्सा, खोर्सा–नाम्सा, माग्बुम्ज्यो, युल्ठिम, म्हीठीम छ्योअीठीम, युलठीम आदि पारिभाषिक शब्दवलीहरू रहेको पाईन्छ । यस्ले शासकीय संरचना, भूगोल, न्यायप्रणाली र प्रशासनलाई बुझाउने छ । कानूनी–बहुलताका बीच रसुवा जिल्ला आमाछोदीङमो गाउँपालिका–३ मा अभ्यासरत छ । यो चोको तामाङ शासकीय व्यवस्था र सांस्कृतिक अभ्यासले प्राकृतिक स्रोत–साधानको न्यायोचित व्यवस्थापन र वितरणको कारण नागरिकमा मूलभूत द्वन्द्व न्यून भएको देखिन्छ ।