थारू जातिको परम्परागत संस्था बरघर प्रणाली
DOI:
https://doi.org/10.3126/ins.v3i3.80960Abstract
नेपालका पश्चिमका प्रत्येक थारू गाउँमा सबैले मान्ने एक अगुवाको व्यवस्था हुने गरेको छ । हरेक वर्षको माघमा गाउँको अगुवा बरघर चुनिन्छ, जसलाई स्थानअनुसार फरक फरक नामले चिनिन्छ । गाउँघरमा झैँझगडाको छिनोफानो, बाटोघाटो, कुलो बाँध निमार्ण, पूजा, बिहे भोजका लागि स्वयंसेवक खटाउने, समुदायमा देखिएका जस्तोसुकै समस्याको निकास दिने जिम्मेवारी बरघरको काँधमा रहन्छ । थारू जातिमा प्रथाजनित न्यायिक परम्परागत अभ्यासलाई बरघर प्रणालीमार्फत् जीवन्त राखेको देखिन्छ । महाभारतकालमै बरघरको प्रसङ्ग आउनाले यसको इतिहास निकै पुरानो देखिन्छ । पश्चिम नेपालमा अझै जीवन्त रहेको थारू समुदायको परम्परागत शासन व्यवस्था, थारू जातिको इतिहास, बरघर प्रणालीलाई व्यवस्थित गर्न स्थानीय तहमा बरघर ऐन ल्याएर थारूहरूको परम्परागत संस्था बरघर प्रणालीलाई समावेशी र जीवन्त बनाउने प्रयास भएको पाईन्छ ।