सन्थाल जातिमा प्रचलित प्रथाजनित संस्था र न्यायप्रणाली

Authors

  • Bhakta Rai

DOI:

https://doi.org/10.3126/ins.v3i3.80959

Abstract

सन्थाल जातिमा मन्झी पारगाना परिवारभन्दा एक तह माथिको संरचना हो । मन्झीहाडाम मन्झी पारगाना गाँउको
प्रमुख व्यक्ति हुन् । उनलाई औपचारिक रूपमा गाउँको प्रवक्ता र प्रतिनिधिको रूपमा पनि लिइन्छ । गाँउको सबै
महत्वपूर्ण घटनाहरू मन्झीलाई सुसुचित गर्नुपर्छ र सबै सामाजिक, धार्मिक, राजनीतिक अवसरमा मन्झीको
सल्लाह, अग्रसरता र सहभागिता अनिवार्य हुन्छ । मन्झीको प्रमुख जिम्मेवारी भनेको परम्परागत न्यायप्रणालीलाई
सुचालु गर्न पनि हो तर यसरी निर्णय गर्दा लोकतान्त्रिक प्रकिया पुर्याएर सबै गाउँका सदस्यहरूको सर्वसम्मतिबाट
गर्ने गरिन्छ । सन्थालहरू कुनै ठाउँमा बसोबास गर्ने बित्तिकै पाँच प्रमुख र दुई सहयोगी सर्वसम्मतिबाट निर्णय
गरेर नियुक्त गर्छन् । अन्य सम्पूर्ण गाउँका सदस्यहरू मन्झी पारगानाको सदस्य हुन्छन् । परम्पराअनुसार गाउँको
प्रमुख र सहयोगीहरूको जेठो छोरो वंशाणुगत रूपमा बुवाको पदको हकदार हुने गर्दछ । प्रस्तुत अध्ययन कार्यमा
लोपोन्मुख सन्थाल जातिमा प्रचलित प्रथाजनित संस्था र न्यायप्रणालीको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
69
PDF
44

Downloads

Published

2025-07-03

How to Cite

Rai, B. (2025). सन्थाल जातिमा प्रचलित प्रथाजनित संस्था र न्यायप्रणाली. Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 75–81. https://doi.org/10.3126/ins.v3i3.80959

Issue

Section

Articles