प्राकृतिक स्रोतको उपयोग र जैविक विविधता संरक्षणमा नुब्री समुदायको परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको भूमिका

Authors

  • Pasang Sherpa

DOI:

https://doi.org/10.3126/ins.v3i3.80714

Abstract

आदिवासी नुब्री समुदायमा प्रथाजनित संस्था गोवा ल्हेजेन, कू–छोङा र श्याग्या परम्परामार्फत् वनजङ्गल, चरन क्षेत्र, कृषियोग्य भूमिको प्रयोग र दिगो व्यवस्थापन गर्दै आएका छन् । यस्ले जैविक विविधता, प्रकृतिको संरक्षणका साथै समाजमा शान्ति, एकता र सुव्यवस्था कायम गर्न यसले योगदान पु¥याएको छ । यो परम्परागत प्रणाली गोरखा जिल्लाको नुब्री उपत्यकामा बसोबास गर्ने नुब्री जातिको वनजङ्गल, भूमि र अन्य प्राकृतिक स्रोतहरूसँग जीविकोपार्जन र आर्थिक रूपमा मात्र नभई सांस्कृतिक, धार्मिकार आध्यात्मिक रूपमा अन्योन्याश्रित सम्वन्ध रहेको छ । नुब्रीहरूले श्याग्या परम्परा, बौद्ध दर्शनको पञ्चशीलमा उल्लेखित अहिंसात्मक सिद्धान्तको आधारमा वन्यजन्तु लगायतका जीवजन्तु, पशुपंक्षी र प्राणीहरूको हिंसा जथाभावी वनजङ्गलको फडानी, डडेलोमा प्रतिवन्ध लगाई आफ्नो भूमि र भू–क्षेत्रमा रहेको जीवजन्तु, प्राणी र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा प्रथाजनित कानून र अभ्यासमार्फत संरक्षण गर्दै आएका छन् । प्रत्येक गाउँमा कुनै प्रकारको झै–झगडा, मुद्दा मामिला, सीमा विवादहरू आइपरेको खण्डमा ‘गोवा ल्हेन्जेन’ मिलाउने गर्दछन् । गाउँमा गोवा ल्हेजेनले मिलाउन नसकेमा कू–छोङाले मिलाउने गर्दछन् । कू–छोङामा खास गरी पाँच गाउँहरूबाट चुनिएर आएका प्रतिनिधिहरूको समिति हुन्छ । कू–छोङाले समाजका कुनै पनि प्रकारका झैझगडा, मुद्दामामिलाका मुद्दाहरू छिनोफानो गर्ने गर्दछन् । गोवा ल्हेजेन, कू–छोङा  र श्याग्या परम्पराले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापनका साथै समाजमा सामाजिक एकता, शान्ति र सुव्यवस्था कायम गराउनमा र उनीहरूको सामाजिक संरचना, सामाजिक प्रणाली, सामाजिक सम्बन्ध, सामाजिक मूल्य मान्यता र सांस्कृतिक पहिचानको निरन्तरतामा समेत उल्लेखनीय भूमिका रहेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
91
PDF
44

Downloads

Published

2025-07-03

How to Cite

Sherpa, P. (2025). प्राकृतिक स्रोतको उपयोग र जैविक विविधता संरक्षणमा नुब्री समुदायको परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको भूमिका. Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 58–74. https://doi.org/10.3126/ins.v3i3.80714

Issue

Section

Articles