भेजा : मगर जातिको प्रथाजनित प्रणाली

Authors

  • Min Bahadur Shrees

Abstract

मगर जातिको परम्परागत प्रमुख संस्था ‘भेजा’ लाई भेजा, गुठ, तिसर, झोम्जे वा गुठी को नामले पनि चिनिन्छ । कृषि युगको प्रारम्भमा मगर जातिका स–साना पारिवारिक झुण्डहरूले पशुपालनका साथै खोरिया खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्ने क्रममा रीतिथिति बसाल्ने र समूहको व्यवस्थापन गर्ने उद्देश्यले प्रथाजनित संस्था भेजा स्थापना गरेको मानिन्छ । नेपाली इतिहासको मध्यकालसम्म मगरातमा भेजाले परम्परागत शासन व्यवस्थाको भूमिका निर्वाह गर्दथ्यो । खस साम्राज्यको विस्तारसँगै भेजाको राजनीतिक भूमिका सीमित हुँदै गएर नेपाल एकिकरण पश्चात सामाजिक र सांस्कृतिक भूमिकामा मात्र क्रियाशिल हुन पुग्यो । एकीकरण पछिको उमरा÷मुखिया तथा २०१७ सालपछिको पञ्चायत प्रणालीले भेजालाई गाउँ–टोलको गामपूजा सम्पन्न गर्ने एवं जीवनचक्रीय संस्कारजन्य कार्यमा आपसी सहयोग जुटाउनेजस्ता धार्मिक तथा सांस्कृतिक भूमिकामा सीमित थियो । वि.सं. २०३० को दशकपछि पहाडबाट तराई एवं सहर केन्दित बसाइँसराइँ, पेशा व्यवसायमा रूपान्तरण, आधुनिक प्रविधिको व्यापक प्रयोग र विश्वव्यापिकरणका कारण भेजा ओझेलमा पर्दै गएको छ ।

Abstract
243
PDF
0

Author Biography

Min Bahadur Shrees

मगर जातिको परम्परागत प्रमुख संस्था ‘भेजा’ लाई भेजा, गुठ, तिसर, झोम्जे वा गुठी को नामले पनि चिनिन्छ । कृषि युगको प्रारम्भमा मगर जातिका स–साना पारिवारिक झुण्डहरूले पशुपालनका साथै खोरिया खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्ने क्रममा रीतिथिति बसाल्ने र समूहको व्यवस्थापन गर्ने उद्देश्यले प्रथाजनित संस्था भेजा स्थापना गरेको मानिन्छ । नेपाली इतिहासको मध्यकालसम्म मगरातमा भेजाले परम्परागत शासन व्यवस्थाको भूमिका निर्वाह गर्दथ्यो । खस साम्राज्यको विस्तारसँगै भेजाको राजनीतिक भूमिका सीमित हुँदै गएर नेपाल एकिकरण पश्चात सामाजिक र सांस्कृतिक भूमिकामा मात्र क्रियाशिल हुन पुग्यो । एकीकरण पछिको उमरा/मुखिया तथा २०१७ सालपछिको पञ्चायत प्रणालीले भेजालाई गाउँ–टोलको गामपूजा सम्पन्न गर्ने एवं जीवनचक्रीय संस्कारजन्य कार्यमा आपसी सहयोग जुटाउनेजस्ता धार्मिक तथा सांस्कृतिक भूमिकामा सीमित थियो । वि.सं. २०३० को दशकपछि पहाडबाट तराई एवं सहर केन्दित बसाइँसराइँ, पेशा व्यवसायमा रूपान्तरण, आधुनिक प्रविधिको व्यापक प्रयोग र विश्वव्यापिकरणका कारण भेजा ओझेलमा पर्दै गएको छ ।

Downloads

Published

2025-07-03

How to Cite

भेजा : मगर जातिको प्रथाजनित प्रणाली . (2025). Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 43-57. https://doi.org/10.3126/ins.v3i3.80689

Issue

Section

Articles

How to Cite

भेजा : मगर जातिको प्रथाजनित प्रणाली . (2025). Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 43-57. https://doi.org/10.3126/ins.v3i3.80689