भेजा : मगर जातिको प्रथाजनित प्रणाली

Authors

  • Min Bahadur Shrees

DOI:

https://doi.org/10.3126/ins.v3i3.80689

Abstract

मगर जातिको परम्परागत प्रमुख संस्था ‘भेजा’ लाई भेजा, गुठ, तिसर, झोम्जे वा गुठी को नामले पनि चिनिन्छ । कृषि युगको प्रारम्भमा मगर जातिका स–साना पारिवारिक झुण्डहरूले पशुपालनका साथै खोरिया खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्ने क्रममा रीतिथिति बसाल्ने र समूहको व्यवस्थापन गर्ने उद्देश्यले प्रथाजनित संस्था भेजा स्थापना गरेको मानिन्छ । नेपाली इतिहासको मध्यकालसम्म मगरातमा भेजाले परम्परागत शासन व्यवस्थाको भूमिका निर्वाह गर्दथ्यो । खस साम्राज्यको विस्तारसँगै भेजाको राजनीतिक भूमिका सीमित हुँदै गएर नेपाल एकिकरण पश्चात सामाजिक र सांस्कृतिक भूमिकामा मात्र क्रियाशिल हुन पुग्यो । एकीकरण पछिको उमरा÷मुखिया तथा २०१७ सालपछिको पञ्चायत प्रणालीले भेजालाई गाउँ–टोलको गामपूजा सम्पन्न गर्ने एवं जीवनचक्रीय संस्कारजन्य कार्यमा आपसी सहयोग जुटाउनेजस्ता धार्मिक तथा सांस्कृतिक भूमिकामा सीमित थियो । वि.सं. २०३० को दशकपछि पहाडबाट तराई एवं सहर केन्दित बसाइँसराइँ, पेशा व्यवसायमा रूपान्तरण, आधुनिक प्रविधिको व्यापक प्रयोग र विश्वव्यापिकरणका कारण भेजा ओझेलमा पर्दै गएको छ ।

Downloads

Download data is not yet available.
Abstract
86
PDF
47

Author Biography

Min Bahadur Shrees

मगर जातिको परम्परागत प्रमुख संस्था ‘भेजा’ लाई भेजा, गुठ, तिसर, झोम्जे वा गुठी को नामले पनि चिनिन्छ । कृषि युगको प्रारम्भमा मगर जातिका स–साना पारिवारिक झुण्डहरूले पशुपालनका साथै खोरिया खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्ने क्रममा रीतिथिति बसाल्ने र समूहको व्यवस्थापन गर्ने उद्देश्यले प्रथाजनित संस्था भेजा स्थापना गरेको मानिन्छ । नेपाली इतिहासको मध्यकालसम्म मगरातमा भेजाले परम्परागत शासन व्यवस्थाको भूमिका निर्वाह गर्दथ्यो । खस साम्राज्यको विस्तारसँगै भेजाको राजनीतिक भूमिका सीमित हुँदै गएर नेपाल एकिकरण पश्चात सामाजिक र सांस्कृतिक भूमिकामा मात्र क्रियाशिल हुन पुग्यो । एकीकरण पछिको उमरा/मुखिया तथा २०१७ सालपछिको पञ्चायत प्रणालीले भेजालाई गाउँ–टोलको गामपूजा सम्पन्न गर्ने एवं जीवनचक्रीय संस्कारजन्य कार्यमा आपसी सहयोग जुटाउनेजस्ता धार्मिक तथा सांस्कृतिक भूमिकामा सीमित थियो । वि.सं. २०३० को दशकपछि पहाडबाट तराई एवं सहर केन्दित बसाइँसराइँ, पेशा व्यवसायमा रूपान्तरण, आधुनिक प्रविधिको व्यापक प्रयोग र विश्वव्यापिकरणका कारण भेजा ओझेलमा पर्दै गएको छ ।

Downloads

Published

2025-07-03

How to Cite

Shrees, M. B. (2025). भेजा : मगर जातिको प्रथाजनित प्रणाली . Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन, 3(3), 43–57. https://doi.org/10.3126/ins.v3i3.80689

Issue

Section

Articles