आदिवासी परम्परागत शासन प्रणालीका आधारभूत पक्षहरू
DOI:
https://doi.org/10.3126/ins.v3i3.80688Abstract
विशिष्ट सामाजिक र सांस्कृतिक समूहका रूपमा रहेका आदिवासी जनजातिहरूको समाज सञ्चालन र व्यवस्थापनका लागि आदिम कालदेखि नै आफ्ना प्रथा, परम्परा र परम्परागत प्रथाजनित कानूनको आधारमा परम्परागत शासन प्रणालीका आधारमा समाजलाई व्यवस्थित गर्दै आईरहेको पाइन्छ । आदिवासीहरूको प्रथाजनित शासन प्रणाली मुलतः न्यायिक, प्रशासनिक, आर्थिक र राजनीतिक प्रणालीको रूपमा समुदायको मूल्य, मान्यता र आध्यात्मिकतामा आधारित रहेर संचालित हुन्छन् । प्रारम्भमा समाज सञ्चालनका सम्पूर्ण पक्षसँग सम्बन्धित भएता पनि वर्तमान समयमा परम्परागत शासन प्रणालीहरू प्राकृतिक स्रोतसाधनको व्यवस्थापन, द्वन्द्वहरू समाधान, सामाजिक व्यवस्थापन, सांस्कृतिक अभ्यास र निरन्तरतामा सीमित हुँदै गईरहेको पाइन्छ । आदिवासीहरूको प्रथाजनित कानून र परम्परागत अभ्यासलाई राज्यले मान्यता दिनुपर्ने, राज्यले औपचारिक कानून निर्माण गर्दा आदिवासीको प्रथाजनित कानून र परम्परागत अभ्यासलाई उचित सम्मान गर्नुपर्ने सम्बन्धमा विभिन्न अन्तरर् ाष्ट्रिय कानूनी संरचनाहरूले राज्यको दायित्वको रुपमा परिभाषित गरेको वर्तमान अवस्थामा आदिवासीहरूको आफ्नै प्रथाजनित कानूनी व्यवस्था, परम्परागत संस्थाहरू र परम्परागत शासन प्रणालीबाट शासित हुन पाउँने आदिवासीको अधिकारको राज्यबाट सम्मान र मान्यता आजको अपरिहार्य विषय हो ।