विप्लवी उपन्यासमा लैङ्गिकताको अध्ययन

Authors

  • पार्वती पन्त Medhavi Secondary School, Mahendranagar, Kanchanpur

Keywords:

जैविक लिङ्ग, पण्यीकरण, लैङ्गिक उत्पीडन, यौनिक भिन्नता, मर्दाना

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा सानु शर्माद्वारा लिखित विप्लवी उपन्यासलाई लैङ्गिकताका आधारमा विश्लेषण गरिएको छ । लैङ्गिकता सांस्कृतिक अध्ययनअन्तर्गतको एक महŒवपूर्ण समालोचनात्मक सैद्धान्तिक अवधारणा मानिन्छ, जसले महिला तथा पुरुषबिचको सामाजिक भूमिका, मूल्य तथा मान्यताहरूको निर्माण प्रक्रियालाई स्पष्ट पार्दछ । यसमा नारीवाद, लैङ्गिक सत्ता सम्बन्ध, लैङ्गिक उत्पीडन तथा अस्तित्वबोधका अवधारणाहरूलाई विश्लेषणका लागि प्रयोग गरिएको छ । यस अध्ययनको लागि पुस्तकालयीय कार्यको माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा ‘विप्लवी’ उपन्यासलाई प्राथमिक सामग्रीको रूपमा प्रयोग गरिएको छ भने लैङ्गिकतासम्बन्धी सिद्धान्तलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत उपन्यासको व्याख्याका लागि पाठमा आधारित विश्लेषणविधिको प्रयोग गरिएको छ । अध्ययनले उपन्यासमा पितृसत्तात्मक शक्ति संरचनाले महिलापात्रमाथि सिर्जना गरेको लैङ्गिक उत्पीडन, स्त्री पात्रको प्रतिरोध र स्वअस्तित्व निर्माण प्रक्रियालाई उजागर गरेको छ । विवेच्य उपन्यासमा पितृसत्तात्मक सामाजिक संरचना तथा त्यसैअनुरूपको सोच, संस्कार तथा मनाृविज्ञानले गर्दा पुरुषले महिलामाथि गरेको अन्याय, अत्याचार, उत्पीडनजस्ता सामाजिक बेथितिहरूको चित्रण गरिएको छ । अनुसन्धेय उपन्यासमा समाजमा विद्यमान लैङ्गिक विषमताका कारण महिलाले पुरुषको अन्याय, अत्याचार सहेर बस्नुपरेकाले महिलाले लैङ्गिक विभेद तथा लैङ्गिक उत्पीडन विरुद्ध लडेर स्वअस्तित्वको रक्षा गर्न सकिने विषयवस्तु प्रस्तुत गरिएकाले  यस अध्ययनबाट विप्लवी उपन्यासले नेपाली समाजमा विद्यमान लैङ्गिक विभेद, उत्पीडन तथा स्वपहिचानको संघर्षलाई उजागर गर्नुका साथै महिलाको आत्मनिर्भरता र सशक्तीकरणको सम्भावनालाई प्रतिपादन गरेको निष्कर्षमा पुगिएको छ ।

Abstract
47
PDF
1

Downloads

Published

2026-04-03

How to Cite

पन्त प. (2026). विप्लवी उपन्यासमा लैङ्गिकताको अध्ययन. ILAM इलम, 22(1), 178-186. https://doi.org/10.3126/ilam.v22i1.94557

Issue

Section

Articles

How to Cite

पन्त प. (2026). विप्लवी उपन्यासमा लैङ्गिकताको अध्ययन. ILAM इलम, 22(1), 178-186. https://doi.org/10.3126/ilam.v22i1.94557