शिरीषको फूल उपन्यासका पात्रको शैलीवैज्ञानिक अध्ययन
DOI:
https://doi.org/10.3126/ilam.v21i1.75696Keywords:
शैलीवैज्ञानिक, अस्तित्ववादी, जीवनचेतना, शून्यवादी, निरर्थकAbstract
प्रस्तुत लेख सुप्रसिद्ध आख्यानकार पारिजातद्वारा लिखित ‘शिरीषको पूmल’ उपन्यास शैलीवैज्ञानिकको आधारमा विश्लेषण गर्नु रहेको छ । यस लेखमा पात्र वर्गीकरणका शैलीवैज्ञानिक आधारहरूलाई केलाउने प्रयास गरिएको छ । यस उपन्यासमा प्रयोग भएका प्रमुख र सहायक पात्रहरूको शैलीवैज्ञानिक विश्लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसान्धान विधिमा आधारित रहेको छ । यस लेखमा आवश्यक सामग्रीहरू पुस्ताकालयीय कार्यको माध्यमबाट सङ्कलन गरिएको छ । यस उपन्यासमा सुयोगवीर प्रमुख पुरुष पात्र, प्रतिकूल पात्र, गतिशील पात्र, व्यक्तिगत पात्र, मञ्चीय पात्र र बद्ध पात्र पात्रको भूमिकामा रहेको पाइन्छ । सकमबरी प्रमुख स्त्री पात्र, अनुकूल पात्र, गतिशील पात्र, व्यक्तिगत पात्र, मञ्चीय पात्र र बद्ध पात्रको रूपमा रहेको छ । शिवराम सहायक पुरुष पात्र, अनुकूल पात्र, स्थिर पात्र, व्यक्तिगत पात्र, मञ्चीय पात्र र बद्ध पात्रको भूमिकामा रहेको निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखबाट पात्रको शैलीवैज्ञानिक विश्लेषण सम्बद्ध सरोकारवाला सबैलाई अपेक्षित सहयोग पुग्ने विश्वास लिइएको छ ।