राष्ट्रिय खेलाडीहरूको शारीरिक तन्दुरूस्ती र खेलकुद प्रतियोगितामा उपलव्धी
DOI:
https://doi.org/10.3126/ilam.v21i1.75693Keywords:
तन्दुररूस्ती, खेलाडीहरू, लचकता, चपलता, सहनशिलताAbstract
यो अध्ययनको शीर्षक राष्ट्रिय खेलाडीहरूको शारीरिक तन्दुरूस्ती र खेलकुद प्रतियोगितामा उपलव्धी हो। यो अध्ययनको प्रमुख उद्देश्य राष्ट्रिय खेलाडीको शारीरिक तन्दुरूस्ती र राष्टिय खेलकुद प्रतियोगिताको उपलव्धीको तुलनात्मक विश्लेषण गर्नु रहेको छ। वर्णनात्मक अनुसन्धान ढाँचामा आधारित रहेको यो अध्ययनमा सुविधाजनक नमुना छनोट विधिबाट ३०० राष्ट्रिय जना खेलाडीहरू छनोट गरिएको थियो। राष्ट्रिय टिमका खेलाडीहरूको पाखुराको बल तथा सहनशीलता मापनको लागि पुल÷अप्स र फ्लेक्स्ड आर्म÷ह्याङ्ग, लचकता मापनका लागि ब्रिज÷अप, चपलता मापनका लागि सटल÷रन, गोडाको मांसपेशीय सामर्थ्य मापनका लागि स्टान्डिङ्ग ब्रोड÷जम्प, गति मापनका लागि ५० गज दौड र मुटुको सहनशीलता मापनका लागि हार्वर्ड स्टेप÷टेस्ट प्रयोग गरिएको थियो। पुल÷अप्स, फ्लेक्स्ड आर्म÷ह्याङ्ग, सटल÷रन, स्टान्डिङ्ग ब्रोड÷जम्प र ५० गज दौडका लागि आहापर (AAHPER, 1976) ले निर्देश गरेबमोजिम, ब्रिज÷अप टेस्ट नेलसन (Nelson, 1966) ले निर्देश गरेबमोजिम र हार्वर्ड स्टेप÷टेस्ट हार्वर्ड विश्व विद्यालयको प्रयोगशाला (Harvard Fatigue Laboratories, 1943) ले निर्देश गरेबमोजिम सञ्चालन गरिएको थियो। राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा पकद ४-६ वटा पदक प्राप्त गर्ने ६३.२ प्रतिशत, कुनै पनि पदक प्राप्त नगर्ने ४१.४ प्रतिशत र १-३ वटा पदक प्राप्त गर्ने ३९.७ प्रतिशत खेलाडीको मेरूदण्डको लचकता मध्यम देखिएको छ भने बाँकी खेलाडीहरूको त्यस्तो क्षमता न्यून देखिएको छ। महिला खेलाडीको हकमा भने धेरै पदक प्राप्त गर्ने खेलाडीको भन्दा कुनै पनि पदक प्राप्त नगर्ने धेरै (६३ प्रतिशत) खेलाडीहरूको मेरूदण्डको लचकता उत्कृष्ट देखिएको छ।बढी मुटुको सहनशीलता तन्दुरूस्ती उत्कृष्ट हुनेमा कुनै पनि पदक प्राप्त नगर्ने समूहका (४८.२ प्रतिशत) खेलाडीहरू देखिएका छन्। दोस्रोमा १-३ वटासम्म पदक प्राप्त गर्ने (३९.७ प्रतिशत) र तेस्रोमा ७ वटाभन्दा बढी पदक प्राप्त गर्ने (३७.२ प्रतिशत) खेलाडीहरू देखिएका छन्। महिला खेलाडीको हकमा राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा धेरै पदक प्राप्त गर्ने र पदक प्राप्त नगर्ने खेलाडीभन्दा १-३ वटासम्म पदक प्राप्त गर्ने (५३.९) खेलाडीहरूको मुटुको सहनशीलता उत्कृष्ट देखिएको छ।