वाक्क्रियाको सैद्धान्तिक अवधारणा र भाषाशैक्षणिक स्थिति
DOI:
https://doi.org/10.3126/ilam.v21i1.75692Keywords:
भाषाविज्ञान, प्रकरणार्थविज्ञान, वाक्क्रिया, वाक्क्रियाका प्रकार, वाक्क्रियाको भाषा, शैक्षणिक स्थितिAbstract
प्रस्तुत लेख वाक्क्रियाको अध्ययनमा आधारित रहेको छ । यस लेखमा वाक्क्रियाको सैद्धान्तिक अनुशीलन गरिएको छ । वाक्क्रियाको परिचय दिनु, वाक्क्रियाका प्रकारहरू प्रस्तुत गर्नु, वाक्क्रियाको भाषाशैक्षणिक स्थिति निरूपण गर्नु यस अध्ययनका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा सैद्धान्तिक अनुसन्धान पद्धतिको प्रयोग गरिएको छ । यसमा मूलतः अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त वाक्क्रियासम्बन्धी अवधारणाहरूको विश्लेषण र संस्लेषण गरिएको छ । साथै वाक्क्रिया सम्बन्धमा प्राप्त तथ्यहरूको तुलनात्मक अध्ययन गरी त्यसको तार्किक व्याख्या गरिएको छ । प्रस्तुत अध्ययनबाट वाक्क्रिया प्रकरणार्थविज्ञानको एउटा महत्तम क्षेत्र रहेको, यसले भाषिक अभिव्यक्ति वा उच्चारबाट हुने कार्यसम्पादनलाई जनाउने, यसका मुख्य पाँच प्रकार ः निश्चयार्थक, निर्देशनात्मक, प्रतिज्ञामूलक, अभिव्यक्तिमूलक र घोषणात्मक रहेका, यसको उपयुक्त प्रयोगव्यवहारबाट भाषाशिक्षण प्रभावकारी बन्ने लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन वाक्क्रिया र यसका विविध पक्षमा आधारित रही अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस क्षेत्रमा रुचिकर सबैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।