जनकपुर र जनकपुर कविताको वर्गीय अध्ययन

Authors

  • चतुर्भुजलाल Chaturbhujlal दास केवरत Das Kewarat Assistant Prof. Patan Multiple Campus

DOI:

https://doi.org/10.3126/ilam.v21i1.75691

Keywords:

श्रमजीवी, वर्गीय विभेद, सामाजिक न्याय, असमान वितरण

Abstract

प्रस्तुत लेखमा रोशन जनकपुरीद्वारा रचित ‘जनकपुर र जनकपुर’ कवितालाई वर्गीय दृष्टिकोणबाट विश्लेषण गरिएको छ । कविता साहित्यको पुरानो र विशिष्ट विधा हो । यसअन्तर्गत सामाजिक विषयवस्तुको प्रतिबिम्बन भएको हुन्छ । सामाजिक संरचनामा आर्थिक दृष्टिकोणबाट अभिजात वर्ग र निम्न वर्गहरू रहन्छन् । प्रस्तुत अनुसन्धानमूलक लेखमा ‘जनकपुर र जनकपुर’ कवितामा वर्गीय सन्दर्भहरू कसरी प्रतिबिम्बित भएका छन् भन्ने कुरालाई   कार्लमाक्र्सको वर्गविश्लेषणको दृष्टिकोणबाट  निरूपण गर्ने प्रयत्न गरिएको छ । यसका साथै गुणात्मक ढाँचामा संरचित प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरेर पाठ विश्लेषण विधिका आधारमा व्याख्या गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।  वर्गीय संरचना भएको समाजमा अभिजात वर्ग र सर्वहारा वर्ग विद्यमान हुन्छ । नेपालको सन्दर्भमा सर्वहारा वर्गभन्दा पनि निम्न वर्ग भन्नु उपयुक्त हुन्छ । अभिजात वर्ग आर्थिक रूपले सम्पन्न हुनुका साथसाथै उत्पादनका साधनस्रोतमाथि यही वर्गको नियन्त्रण कायम रहेको हुन्छ । अभिजात वर्गअन्तर्गत समाजका भूमिपति, उद्योगपति, उच्च पदस्थ कर्मचारी, प्रबन्धक, पुँजीपति वर्गको निकट रहेर उसकै हकहितमा काम गर्ने कर्मचारी आदि पर्दछन् । समाजको आधार पक्ष मानिने आर्थिक पक्षमा वर्चस्वशाली अभिजात वर्गकै हालीमुहाली हुन्छ र यही आधारले सामाजिक संरचनाका अधिरचनाहरू जस्तै सामाजिक, सांस्कृतिक र राजनीतिक सबै पक्षलाई प्रभावित पार्छ भन्ने माक्र्सवादी चिन्तकहरूको ठहर रहेको छ ।   सोही समाजमा दैनिक ज्यालादारी, मजदुरी, निम्न वेतनमा काम गर्ने साना ओहोदाका कर्मचारी भने निम्न वर्गमा पर्दछ । आर्थिक हिसाबले कमजोर श्रमजीवी वर्ग अभिजात वर्गको अधीनस्थ हुन्छ । ‘जनकपुर र जनकपुर’ कवितामा सामाजिक संरचनामा आर्थिक असमानताले निम्त्याएको वर्गीय विभेद र सर्वहारा वर्गका निकृष्ट जीवनशैलीको यथोचित चित्रण गरिएको छ । सांस्कृतिक नगरी जनकपुरको वर्गीय विभेद र त्यसले जन्माएको शोषण तथा उत्पीडनको प्रस्तुति नै कविको अभीष्ट देखिन्छ । ‘जनकपुर र जनकपुर’ कवितामा जनकपुरमा निम्न वर्गीय कथित दलित भएर छुवाछुतको अमानवीय र पीडादायी जीवन भोग्दै आएका डुम र हलखोर समुदायका अपमानजनक व्यवहारको यथार्थ चित्रण गरिएको छ । तिनका अस्पृश्य व्यवहार वर्गीय अवस्थासँग जोडिएको स्पष्ट छ । प्रस्तुत लेखमा छनोट गरिएको कवितालाई प्राज्ञिक विमर्श गर्ने उद्देश्य रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
7

Downloads

Published

2025-02-18

How to Cite

दास केवरत Das Kewarat च. C. (2025). जनकपुर र जनकपुर कविताको वर्गीय अध्ययन. ILAM इलम, 21(1), 149–158. https://doi.org/10.3126/ilam.v21i1.75691

Issue

Section

Articles