सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु प्रति सरोकारवालाहरुकोे धारणा

Authors

  • चन्द्र बहादुर Chandra Bahadur श्रेष्ठ Shrestha Associate Prof. Mahendra Ratna Campus, Tahachal

DOI:

https://doi.org/10.3126/ilam.v21i1.75690

Keywords:

अरितिक शिक्षा, अस्थायी शिक्षक, पेशाप्रतिको उत्प्रेरणा, सामुदायिक विद्यालय

Abstract

नेपालका सामुदायिक विद्यालयहरुमा स्थायी तथा अस्थाई शिक्षकहरु कार्यरत रहेका छन् । यस अध्ययनलाई सामुदायिक विद्यालयहरूका अस्थाई शिक्षकहरूप्रति सरोकारवालहरुको धारणामा केन्द्रित गरिएको छ । मनोवैज्ञानिक रुपमा शिक्षकको अस्थाई पदले शिक्षण तथा सिकाइ प्रक्रियामा पनि प्रभाव पार्ने भएकोले यसै समस्यालाई आधार बनाई यो अध्ययन गरिएको छ । ललितपुर जिल्ला भित्र रहेका गाँउपालिकाहरू मध्ये दक्षिण पहाडी क्षेत्रमा पर्ने बागमती गाँउपालिका भित्रका ५० ओटा सामुदायिक विद्यालयहरूमध्ये ४ ओटा माध्यमिक विद्यालयहरूलाई उद्धेश्यमुलक रुपमा छानि यो अध्ययन तिनै चारवटा विद्यालयमा सिमित गरिएको छ । उक्त सामुदायिक विद्यालयहरूमा बाल सिकाइ कक्षा देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको विद्यालयहरू हेर्ने शिक्षा अधिकृत, छनोटमा परेका विद्यालयका प्रधानाध्यापकहरू, वि.व्य.स. अध्यक्ष, स्थायी तथा अस्थायी शिक्षक र विद्यार्थीहरूलाई उद्धेश्यमुलक नमुना छनोट विधिबाट उत्तरदाताको रूपमा छानि उनिहरूसँग छलफल गर्ने, अन्तरवार्ता लिने, प्रश्नावली भराउने र विद्यालयमा गई कक्षाकोठाको अवलोकन गर्ने कार्य गरेर तथ्याङ्क प्राप्त गरिएको छ । मिश्रित ढाँचामा आधारीत यस अध्ययनलाई वर्णनात्मक उपागममा आधारित भएर सम्पन्न गरिएको छ । यस अध्ययन अनुसार शिक्षकहरूलाई लामो समयसम्म अस्थायी रूपमा राखी राख्नु पटक्कै उचित होइन सिकाइमा समन्वय गर्न र औसत सिकाइ उपलब्धी अस्थायी शिक्षकहरूको बढी भएको तर शिक्षकलाई लामो समयदेखि अस्थायी सेवामा संलग्न गराई राख्दा पेसाको असुरक्षाका कारण अस्थायी शिक्षकमा मनोवैज्ञानिक असर परेको देखिन्छ । पेसाप्रति असन्तुष्ट देखिनुको मुख्य कारण भविष्यमा यस पेसामा असुरक्षा रहेको शिक्षकको धारणा पाइएको छ तर पनि विद्यार्थीहरूबाट आएको जवाफका आधारमा अस्थायी शिक्षकले शिक्षण सिकाइमा जिम्मेवार भइ शिक्षण गरेको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
12

Downloads

Published

2025-02-18

How to Cite

श्रेष्ठ Shrestha च. ब. C. B. (2025). सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु प्रति सरोकारवालाहरुकोे धारणा. ILAM इलम, 21(1), 138–148. https://doi.org/10.3126/ilam.v21i1.75690

Issue

Section

Articles