नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुको शारीरिक तन्दुरुस्ती र अन्तर्राराष्ट्रिय खेलकुद प्रतियोगितामा उपलव्धि

Authors

  • Madhav Kumar Shrestha
  • सुरेशजंग शाही

DOI:

https://doi.org/10.3126/ilam.v20i1.67312

Keywords:

अन्तर्राष्ट्रिय, तन्दुररूस्ती, खेलाडीहरू, लचकता, चपलता, सहनशीलता

Abstract

यो अध्ययनको शीर्षक नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुको शारीरिक तन्दुरुस्ती र अन्तर्राराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपलब्धि हो। यो अध्ययनको उद्देश्यहरू राष्ट्रिय टिमका खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपलब्धि बीच विश्लेषण गर्नु हो। वर्णनात्मक अनुसन्धान ढाँचामा आधारित रहेको यो अध्ययनमा सुविधाजनक नमुना छनोट विधिबाट १९१ पुरूषा र १०९ जना महिला गरी जम्मा ३०० जना राष्ट्रिय टिमका खेलाडीहरू छनोट गरिएको थियो। राष्ट्रिय टिमका खेलाडीहरुको पाखुराको बल तथा सहनशीलता मापनको लागि पुल÷अप्स र फ्लेक्स्ड आर्म÷ह्याङ्ग, लचकता मापनका लागि ब्रिज÷अप, चपलता मापनका लागि सटल÷रन, गोडाको मांसपेशीय सामर्थ्य मापनका लागि स्टान्डिङ्ग ब्रोड÷जम्प, गति मापनका लागि ५० गज दौड र मुटुको सहनशीलता मापनका लागि हार्वर्ड स्टेप÷टेस्ट प्रयोग गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने ९० जना पुरूष खेलाडीहरूमध्ये पुल अप गर्ने ७ जना (७.८ प्रतिशत) खेलाडीको पाखुराको बल तथा सहनशीलता अति उत्तम देखिएको छ भने ५८ जना महिला खेलाडीहरूमध्ये १ जना (१.७ प्रतिशत) खेलाडीको मात्र पाखुराको बल तथा सहनशीलता अति उत्तम देखिएको छ। खेलाडीहरुको चपलता र गति उत्कृष्ट देखिएको छ भने मेरूदण्डको लचकता, मुटुको सहनशीलता र गोडाको सामर्थ्य न्यून देखिएको छ। उनीहरूको पाखुराको बल तथा सहनशीलता भने मध्यम देखिएको छ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
8

Downloads

Published

2024-07-04

How to Cite

Shrestha, M. K., & शाही स. . (2024). नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुको शारीरिक तन्दुरुस्ती र अन्तर्राराष्ट्रिय खेलकुद प्रतियोगितामा उपलव्धि. ILAM इलम, 20(1), 87–108. https://doi.org/10.3126/ilam.v20i1.67312

Issue

Section

Articles