टि. एस. एलियटका मूलभूत साहित्य सिद्धान्तहरू

Authors

  • यादबप्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/ijmss.v4i2.57218

Keywords:

परम्परा, वस्तुनिष्ठ, वैयक्तिकता, निर्वैयक्तिकता, समन्विति

Abstract

टमस स्टर्न एलियटका ‘परम्परा र व्यक्तिप्रतिभा (Tradition and the Individual Talent) को सिद्धान्त, निर्वैयक्तिकताको सिद्धान्त (Impersonal theory of poetry), वस्तुगत समीकरण (Objective corelative) को सिद्धान्त र समन्वित संवेदना (unified sensibility) को सिद्धान्त’ जस्ता साहित्य सिद्धान्तलाई सङ्क्षिप्त एवं प्रस्टरूपमा प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ र यसरी सङ्कलित सामग्रीको विश्लेषण गरेर सिद्धान्तको परीक्षण गरिएको छ । लेखमा सर्वप्रथम इलियटको सङ्क्षिप्त परिचय दिनुका साथै उनका सिद्धान्तहरूको पृष्ठभूमि प्रस्तुत गरिएको छ र अन्त्यमा परम्परालाई त्रिकालिकता प्रदान गरेर हरेक कालखण्डमा आउने व्यक्तिप्रतिभालाई अखण्ड परम्परामा सामेल गराउँदै परम्पराकै सापेक्षतामा व्यक्तिप्रतिभाको मूल्याङ्कन गरी उसका स्थानको निर्धारण–पुनर्निर्धारण गरिन्छ भन्ने सिद्धान्त नै परम्परा र व्यक्तिप्रतिभाको सिद्धान्त हो । प्रतिभाशाली कलाकारले आफ्ना अनुभूति, भावना र संवेदनालाई नवीनतासाथ निर्वैयक्तिक रूपमा प्रस्तुत गरेमा सिर्जना उत्कृष्ट बन्दछ । साहित्यकारले आपूmले प्रकट गर्न चाहेका रागात्मक आवेग, अनुभूति, भाव वा विचारलाई वस्तुगतता र नाटकीयता दिएर समानार्थ–अभिव्यञ्जक संवेग वा वस्तु–संघटना, स्थिति वा घटना–शृङ्खलाजस्ता बाह्य वस्तुहरूद्वारा अभिव्यञ्जित गर्नुपर्छ भन्ने एलियटको वस्तुगत समीकरणको सिद्धान्तलाई पौरस्य काव्य चिन्तनअन्तर्गत रससिद्धान्तका कोणबाट हेर्दा ‘भाव अनुकूलका विभाव, अनुभाव र व्यभिचारी भावको प्रयोग वा विभावादि–विधान’ का रूपमा पनि बुझ्न सकिने देखिन्छ । चिन्तन अनुभूतिमय र अनुभूति चिन्तनमय बन्न सक्नु नै एलियटले चाहेको आदर्श स्थिति हो र यही नै उनको समन्वित संवेदनाको सिद्धान्तको मर्म हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
23

Downloads

Published

2023-11-09

How to Cite

शर्मा य. (2023). टि. एस. एलियटका मूलभूत साहित्य सिद्धान्तहरू. Interdisciplinary Journal of Management and Social Sciences, 4(2), 128–138. https://doi.org/10.3126/ijmss.v4i2.57218

Issue

Section

Articles