‘घोडा भएको छ–मृत्यु’ कवितामा अभिव्यञ्जित ध्वनि
DOI:
https://doi.org/10.3126/ijmss.v4i1.54107Keywords:
वाच्यार्थ, व्यञ्जना, ध्वनि, स्फोट, लक्षणा, सङ्कथन, सङ्घटकAbstract
व्यञ्जनाशक्तिका केन्द्रीयतामा साहित्य सौन्दर्यको विवेचना गर्ने एक महत्वपूर्ण सिद्धान्त हो ध्वनिवाद, जसलाई नवौ“ शताब्दीका आचार्य आनन्दवद्र्धनले प्रतिपादन गरेका थिए । ध्वनिवादले आफ्नो मूल स्रोत पाणिनीय प्रवर्तित व्याकरणशास्त्रलाई मानेको छ । व्याकरणले वर्णहरूको वाचकत्वलाई भन्दा त्यसबाट निसृत नित्य स्फोटात्मक अर्थलाई बढी जोड दिएजस्तै साहित्यशास्त्रमा पनि ध्वनि शब्दले सुनिने आवजलाई मात्र नभएर प्रयुक्त शब्द वा वाक्यले आफ्नो अर्थ वा अभिप्राय त्यागेर कुनै विशिष्ट भाव अथवा व्यङ्ग्यार्थ जनाउने काव्यको वस्तुविषेशबाट नै वास्तविक अर्थ व्यक्त हुन्छ भन्ने कुरामा यस सिद्धान्तले विश्वास राख्दछ । साहित्यमा वाच्यार्थभन्दा व्यङ्ग्यर्थबाट अभिव्यञ्जित ध्वन्यार्थलाई यसले विशेष महत्वव दिएको छ । प्रस्तुत अध्ययनमा व्यङ्ग्यार्थका केन्द्रीयतामा साहित्य सौन्दर्यको विवेचना गर्ने ध्वनि सिद्धान्तलाई आधार बनाई दिनेश अधिकारीद्वारा रचित ‘घोडा भएको छ मृत्यु’ शीर्षक कविताको विश्लेषण गरिएको छ । यस सन्दर्भमा ध्वनिशास्त्रको सैद्धान्तिक अवधारणामाथि सामान्य चर्चा गर्दै कविताको शीर्षकीय सन्दर्भ, विशिष्ट पद, पदावली, वाक्य र समग्र सङ्कथनबाट अभिव्यञ्जित ध्वनिलाई भिन्नाभिन्नै उपशीर्षकहरूमा विश्लेषण गरी वस्तुगत, प्रमाणिक एवं प्राज्ञिक निष्कर्ष निकालिएको छ ।
Downloads
31
4