चेतना’ एकाङ्कीमा प्रयुक्त लोकविश्वास

Authors

  • कान्छी महर्जन

DOI:

https://doi.org/10.3126/ijmss.v4i1.54106

Keywords:

अन्धआज्ञापरायणता, अनिष्ट, सङ्केतन, शकुन, अपशकुन

Abstract

प्रस्तुत लेखमा जयन्ती ‘स्पन्दन’द्वारा लिखित ‘चेतना’ शीर्षकको एकाङ्कीलाई लोकविश्वास दृष्टिले विश्लेषण गरिएको छ । यस अध्ययनमा लोकविश्वासलाई अध्ययनको एउटा महत्वपूर्ण आधारका रूपमा लिइएको छ । लोकविश्वास लोकजीवनसँग जोडिएको हुन्छ । अझ भनौँ लोकविश्वास नै लोकजीवनको मियो हो । यो शब्द ‘शकुन’सँग सम्बन्धित भएकाले प्राचीन समयमा लोकविश्वासलाई शकुन पनि भनिन्थ्यो । ‘शकुन’ शब्दले लोकले विश्वास गर्ने शुभाशुभ सन्दर्भलाई सङ्केत गर्दछ तथापि सबै लोकविश्वास सकारात्मक अर्थका मात्र देखिँदैनन् । कतिपय नकारात्मक प्रकृतिका लोकविश्वास लोकजीवनमा रहेका छन् । यस्तै मानव शरीर, खाना, मानवेतर शरीर, यात्रा, व्यवहार, सपना, आदिसँग सम्बन्धित लोकविश्वास नेपाली लोकजीवनमा विद्यमान देखिन्छन् । यस लेखमा यिनै लोकविश्वासका आधारमा ‘चेतना’ एकाङ्कीको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत एकाङ्कीमा धर्म र संस्कृतिसँग सम्बन्धित लोकविश्वासले लोकजीवनमा बढी प्रभाव पारेको र त्यसले नकारात्मक अर्थका साथ लैङ्गिक असमानतालाई बढावा दिएको यथार्थसँग साक्षात्कार गराउँदै समाज रूपान्तरका लागि यस्ता लोकविश्वास लोकजीवनमा अन्त्य हुनुपर्ने क्रान्तिकारी वैचारिकी अनिवार्यताको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
38

Downloads

Published

2023-05-26

How to Cite

कान्छी महर्जन. (2023). चेतना’ एकाङ्कीमा प्रयुक्त लोकविश्वास. Interdisciplinary Journal of Management and Social Sciences, 4(1), 89–95. https://doi.org/10.3126/ijmss.v4i1.54106

Issue

Section

Articles