गुरुप्रसाद मैनालीका कथामा अमूर्त संस्कृति {Abstract Culture in the Stories of Guru Prasad Mainali}

Authors

  • षडानन्द पौड्याल

Keywords:

अमूर्त संस्कृति, सामाजिक मान्यता, सामाजिक व्यवहार, परम्परा, दैवीतुष्टि तथा आत्मातुष्टि

Abstract

सामाजिक चेतनाले ग्रहण गर्ने तर दृश्यमूलक नभई केवल भावनाबाट मात्र प्रत्यक्षीकरण गर्न सकिने विचारपरक सत्य अमूर्त संस्कृति हो । व्यक्तिगत वा सामाजिक भावनाको केन्द्रमा निहित आस्था र त्यसमा प्रकट भई सामाजिक प्रतिबिम्बका रूपमा अगिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरित हुने आस्थापरक व्यवहार अमूर्त संस्कृति हो । प्राकृतिक शक्तिलाई पनि दैवीशक्तिमा परिणत गरी मानव जीवनलाई पल्लवित गराउन सामथ्र्य राख्ने आस्थाको केन्द्र बनेको अमूर्त संस्कृति गुरुप्रसाद मैनालीका कथामा सामाजिक भावना अनुरूप प्रयोग गरिएको सत्य पहिचान गर्नु लेखको उद्देश्य हो । व्यक्तिगत चिन्तनका आलोकमा सामाजिक भावना प्रकट भएको छ भने सामाजिक भावनालाई केन्द्रमा राखेर व्यक्तिका साथ परम्पराका नाममा अमूर्त संस्कृति प्रयोग भएको पाइन्छ । सामाजिक ज्ञानधारामा प्रकट भएका सत्य कथामा पहिचान गर्ने सिलसिलामा मैनालीका कथामा अमूर्त संस्कृति प्रयोग भएको हुनाले पुस्तकालयीय विधि प्रयोग गरी सत्यको निकट पुगिएको छ । नेपाली समाजले परम्परादेखि अपनाउदै आएको सामाजिक व्यवहारको जगमा तयार गरिएका मैनालीका कथामा प्रयोग गरिएका चरित्रका क्रियाकलापमा अमूर्त चिन्तनको उपयोग गरेको पाइन्छ । सामाजिक परम्परा, सामाजिक व्यवहार, वैयक्तिक चेतना, दैवीशक्ति, आत्माशक्ति र सामाजिक चिन्तनका आलोकमा प्रकट भएको हुँदा अमूर्त संस्कृतिका सैद्धान्तिक मानकका आलोकमा दैवीतुष्टि र आत्मातुष्टि सैद्धान्तिक पर्याधारको उपयोग गरी मैलानीका कथामा प्रयुक्त अमूर्त संस्कृति पहिचान गर्नु लेखको अभीष्ट हो ।

Abstract
214
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

गुरुप्रसाद मैनालीका कथामा अमूर्त संस्कृति {Abstract Culture in the Stories of Guru Prasad Mainali}. (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(2), 120-128. https://doi.org/10.3126/ijmss.v3i2.50269

Issue

Section

Articles

How to Cite

गुरुप्रसाद मैनालीका कथामा अमूर्त संस्कृति {Abstract Culture in the Stories of Guru Prasad Mainali}. (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(2), 120-128. https://doi.org/10.3126/ijmss.v3i2.50269