माया ठकुरीका कथाहरू कथासङ्ग्रहमा प्रयुक्त उखानको तात्पर्य {The meaning of the proverb used in the collection of stories of Maya Thakuri}
DOI:
https://doi.org/10.3126/ijmss.v3i2.50267Keywords:
अर्थचमत्का, सहज अभिव्यक्ति, सहभागीगत सन्दर्भ, सौन्दर्यवद्र्धक, स्थानगत सन्दर्भAbstract
प्रस्तुत आलेख माया ठकुरीका कथाहरू कथासङ्ग्रहमा प्रयुक्त उखानको तात्पर्यको विश्लेषणमा केन्द्रित छ । सामग्री सङ्कलनका क्रममा माया ठकुरीका कथाहरू कथासङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र उखानबारे गरिएका समीक्षा, समालोचना र शोधप्रतिवेदनलाई द्वितीय स्रोतका रूपमा लिएर गुणात्मक विधिबाट विषयको विश्लेषण गरिएको छ । उखान लोकको अभिव्यक्ति भएकाले यसमा लोकजीवनका दुःखसुख, जीवनदर्शन, उपदेश आदि अभिव्यक्त हुन्छन् । कथाको भाषालाई सारगर्भित, खँदिलो, रसिलो, चोटिलो बनाउन कथामा त्यस्ता उखानको प्रयोग गरिएका हुन्छन् । तिनले कथालाई थप सशक्त बनाउन सहयोग पु¥याएका हुन्छन् । माया ठकुरीका कथामा प्रयुक्त उखानले नेपाली समाजको मार्मिक तथा करुणपक्षलाई उजिल्याएका छन् । समाजका मृत्यु, झगडा, मनोमालिन्य, आत्महत्या, अव्यवस्था, ईष्र्या, रोग, भोक, अशिक्षा, गरिबी, विवशता, कुण्ठा, नैराश्य, चोरी, चिन्ता, पश्चात्ताप, वैरभाव, घृणा, अन्धरुढीवादी चिन्तन, आर्थिक शोषण, गरिबीको मारमा पिल्सिनुपर्दाको अवस्था आदि पक्ष उखानमा व्यक्त भएका छन् । आर्थिक सम्पन्नता र विपन्नताका बिचको बढ्दो दुरी, सामाजिक कट्टरताको बन्धनमा बाँधिएको मानवले स्वतन्त्र जीवन जिउन खोज्दा भोग्नुपर्ने दुःख र कष्ट, नैतिक बलका कारण मानिसले समाजमा विजय हासिल गर्न सक्छ भन्ने उपदेशात्मक अभिव्यक्तिका क्रममा उखान कथामा प्रयोग भएका छन् । माया ठकुरीका कथाहरू कथासङ्ग्रहमा प्रयुक्त उखानहरूको सन्दर्भगत अर्थ र प्रयोगको औचित्यलाई मूल समस्या बनाएर तिनको सन्दर्भगत अर्थ र प्रयोगको औचित्य विश्लेषण गर्नु यस अनुसन्धानको उद्देश्य हो । अध्ययनमा सङ्कथन सिद्धान्तलाई अनुकूलित समायोजन गरी विषय विश्लेषणमा उपयोग गरिएको छ । कथामा प्रयुक्त उखानहरूले कथाको भाषिक शिल्पसौन्दर्य एवम् पात्रको चरित्राङ्कन, परिवेश चित्रण तथा समाजको यथार्थङ्कनमा सहयोग गरेकाले ती उखानहरू सही र उपयुक्त रहेका छन् ।