तीन घुम्ती उपन्यासमा मनोविज्ञान {Psychology in Three Novels}

Authors

  • कल्पना लुइटेल

Keywords:

मनको गयात्मक पक्ष, मनको आकारात्मक पक्ष, मनोलैङ्गिक विकास, अन्तद्र्वन्द्व, मातृरति, आत्मरति

Abstract

सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित मनोवैज्ञानिक धाराका आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको पहिलो उपन्यास ‘तीन घुम्ती’की केन्द्रीय पात्र इन्द्रमायाले पीताम्बरलाई पतिका रूपमा पाउनका लागि जन्मघर छोड्ने निर्णय गर्नु पहिलो घुम्ती हो । उसले शारीरिक सन्तुष्टि र सन्तानका लागि रमेशसँग सहबास गर्ने निर्णय गर्नु दोस्रो घुम्ती हो भने पति पीताम्बरले रमेशबाट जन्मिएकी छोरी वा लोग्ने रोज्न भनेपछि छोरी रोजेर सदाका लागि पीताम्बरको घर परित्याग गरी जाने निर्णय गर्नु तेस्रो घुम्ती हो । प्रस्तुत उपन्यासमा यौनमनोविज्ञानका माध्यमबाट मातृत्व मनोविज्ञानको पहिचान गर्नु यसको उद्देश्य हो । एउटी नारी प्रेम प्राप्तिका लागि आमा, बुबा, घर, परिवार, समाज र सम्पत्ती सबै छाड्न सक्छे भन्ने कुरा उपन्यासको पूर्वाद्धमा प्रस्तुत भएको छ भने उत्तराद्र्धमा पुग्दा नारीमा मातृवात्सल्य भाव सशक्त रूपमा रहेको हुन्छ र उसले लोग्ने र सन्तानमा एक रोज्नु प¥यो भने सन्तान रोज्छे भन्ने दृष्टान्त यहाँ पुष्टि गरिएको छ । विवेच्य पक्षको पहिचान गर्न पुस्तकालयीय विधि प्रयोग गरिएको छ । प्रस्तुत उपन्यासमा मनोविज्ञानका उपकरण प्रशस्त प्रयोग भएर पनि नारी अस्मिता र स्वास्नी मानिसको वास्तविक अस्तित्वको समस्या प्रस्तुत भएको छ । यस उपन्यासमा नारी अबला मात्र छैनन् । आफ्ना बारेमा आफ्नै एकल निर्णय गर्नसक्ने र जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई स्वीकार गरी अगाडि बढन् सक्ने सबला पनि छन् भन्ने अस्तित्ववादी विचार प्रकट भएको छ । अस्तित्ववादी नारीमनोविज्ञानमा रचना भएको उपन्यासमा नारीमा विद्यमान मातृत्वको भाव उजागर भएको तथ्य पहिल्याउनु नै यस लेखको अभीष्ट हो ।

Abstract
315
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

तीन घुम्ती उपन्यासमा मनोविज्ञान {Psychology in Three Novels}. (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(2), 87-95. https://doi.org/10.3126/ijmss.v3i2.50265

Issue

Section

Articles

How to Cite

तीन घुम्ती उपन्यासमा मनोविज्ञान {Psychology in Three Novels}. (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(2), 87-95. https://doi.org/10.3126/ijmss.v3i2.50265