साहित्यमा सामाजिकता विश्लेषणको अवधारणात्मक ढाँचा

Authors

  • रामहरि लम्साल

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50256

Keywords:

सञ्जाल, रक्तसम्बन्ध, नश्ल, सार्वभौमसत्तासम्पन्न, प्रकार्य

Abstract

प्रस्तुत आलेख साहित्यिक कृतिको सामाजिकता विश्लेषण गर्ने अवधारणतमक ढा“चा निर्माणमा केन्द्रित रहेको छ । साहित्य सर्जकको भाषिक उत्पादन हो । सर्जक सामाजको एक सचेत व्यक्ति पनि हो । उसको सिर्जनामा कुनै न कुनै रूपमा समाजको प्रतिबिम्ब उतारिएको हुन्छ । साहित्यकारले कुनै साहित्यिक कृतिमा कस्तो समाजको प्रतिबिम्ब कसरी उतारेको छ भन्ने विषयको चिरफार गर्ने भाषिक कर्मलाई सामासकिता विश्लेषण भनिन्छ । यो कुनै कृतिमा रहेको सामाजिकता विश्लेषण गर्ने विधि र प्रव्रिmयाको अवधारणात्मक आधार हो । यस अध्ययनमा मूलतः अगमनात्मक विधिको प्रयोग गरिएको छ ।यसमा विभिन्न अध्ययनबाट प्राप्त सामाजिकताका उपकरणलाई सूत्रबद्ध गरी सामाजिकता अध्ययन गर्ने स्पष्ट ढाँचा निर्माण गरिएको छ । साहित्यमा सामाजिकता अध्ययन गर्ने विधिलाई समस्याका रुपमा ग्रहण गर्दै साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने सामाजिक विषयको पहिचान र तिनको विश्लेषणका निम्ति उपयोगी हुने अवधारणत्मक ढाँचा प्रस्तुत गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन साहित्यमा सामाजिकता विश्लेषण निम्ति प्रयोग गर्न सकिनेसामान्य अवधारणात्मक आधारहरूको प्रस्तुत हो । कुनै पनि साहित्यिक कृतिको सामाजिकता अध्ययनका निम्ति समाजशास्त्रीय आलोचनाका साथै समाजपरक समालोचना समेतको उपयोग गर्न सकिन्छ । यस अध्ययनमा समाजशास्त्रीय आलोचनाका विभिन्न उपकरणहरूको उपयोग गरी साहित्यको सामाजिकता अध्ययन गर्न सकिने अवधारणात्मक ढा“चा प्रस्तुत गरिएको छ । यस अवधारणामा साहित्यिक कृतिहरूमा प्रतिबिम्बित हुने अनेकौं सामाजिक श्रेणी, संस्था, संस्कृति र समस्याका विषयहरूलाई कुन कुन कोणबाट विश्लेषण गर्न सकिन्छ र केकस्ता उपकरणहरूको प्रयोग गर्न सिकन्छ भन्ने विषयमा विहङ्गम अध्ययन गरिएको छ । प्रस्तुत अवधारणा साहित्यको सामाजिकता अध्ययनको एउटा ढा“चा हो । यो अवधारणत्मक ढा““चा साहित्यमा अभिव्यक्त सामाजिक वस्तुपक्षको विश्लेषणका निम्ति उपयोगी हुने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
12

Downloads

Published

2022-06-30

How to Cite

रामहरि लम्साल. (2022). साहित्यमा सामाजिकता विश्लेषणको अवधारणात्मक ढाँचा. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 269–286. https://doi.org/10.3126/ijmss.v3i1.50256

Issue

Section

Articles