माधव भँडारीको घरजम नाटकमा लैङ्गिकता

Authors

  • रामप्रसाद गुरागाँई

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50255

Keywords:

घरजम नाटक, रक्षक, डर, ढुक्क, लैङ्गिकता

Abstract

नेपालको पूर्वी जिल्ला इलामको सुम्बेकमा जन्मिएर भारतको वनारसमा शिक्षा ग्रहण गरी साहित्यचार्यसम्मको शिक्षा हासिल गरेका भँडारीले नेपाली साहित्यमा उच्चतम मूल्य बोकेका नाटकहरु र एकाङ्की लेखेका छन् । नेपाली साहित्यमा माधव भँडारी नाटककार, कथाकार, निबन्धकार, कवि, उपन्यासकार र समालोचकका रूपमा परिचित छन् । उनले नेपाली साहित्यलाई सङ्ख्यात्मक मात्र होइन, गुणात्मक दृष्टिले पनि उत्कर्षता प्रदान गरेको पाइन्छ । घरजम नाटकमा महानिंद्राबाट पुरुषसत्तालाई व्युँझाइएको छ । सासू–बुहारी, लोग्ने–स्वास्नी बिचमा हुने सामान्य झगडा र खटनपटनलाई लिएको पाइन्छ । तर यो झगडा परिवारमा मात्र सिमित छैन । सासू र बुहारीबिचको झगडा परम्परा र आधुनिकताबिचको द्वन्द्व हो । यहाँ परम्पराको प्रतिनिधित्व सासू नैनीले गरेकी छ भने आधुनिकताको प्रतिनिधित्व बुहारी शशी र देवकीले गरका छन् । यसमा रमानाथका दुष्कार्यलाई लेखकले ढाकछोप गर्न खोजे तापनि रमानाथले हारेको छ र शशी चाहिँ नारी चेतना र जागरणको पाठ पढाउन सफल भएकी छ । यद्यपि उसको पाठ यथार्थभन्दा आदर्शको नजिक छ । अर्को तेस्रो पक्ष हो– अन्याय र सहनशीलता बिचको द्वन्द्व । यसमा अन्याय र अत्याचारको प्रतिनिधित्व सासू र लोग्नेले गरेका छन् । सहनशीलताको प्रतिनिधित्व बुहारीहरूले गरेका छन् । यहाँ पनि बुहारीहरूको विजय भएको छ तर बुहारीहरूले सहनशीलताको बाटो त्यागेर विद्रोहको बाटो समातेपछि मात्र उनीहरू लक्ष्यमा पुग्न सफल भएका छन् । यस लेखलाई व्यवस्थित गर्न सैद्धांतिक शोधविधि, समस्याको कथन, उद्धेश्य, सामग्री सङ्कलनको प्रयोग गरिएको छ । यसरी यहाँ अन्यायमाथि न्यायको, परम्परामाथि आधुनिकताको र पुरुषहरूमाथि नारीहरूको विजय भएको देखाउनका लागि माथि उल्लिखित विधातात्विक आधार बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
16

Downloads

Published

2022-06-30

How to Cite

रामप्रसाद गुरागाँई. (2022). माधव भँडारीको घरजम नाटकमा लैङ्गिकता. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 257–268. https://doi.org/10.3126/ijmss.v3i1.50255

Issue

Section

Articles