नारीवादी आन्दोलन र नेपाली साहित्यमा नारीवाद

Authors

  • यादवप्रसाद शर्मा

Keywords:

नारीमुक्ति, नारीवाद, पितृसत्ता, महिला

Abstract

नारीवादी आन्दोलन, यस आन्दोलनमा प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक आदि विविध पक्षको प्रभाव तथा नेपाली साहित्यमा नारीवादी लेखनको अवस्थाजस्ता प्राज्ञिक समस्याको समाधानमा केन्द्रितप्रस्तुत लेखका लागि पुस्तकालयीय विधिबाट सामग्री सङ्कलन गरिएको हो र यसरी पुस्तकालयीय विधिबाट सङ्कलित सामग्रीको अध्ययन तथा विश्लेषण भने निगमनात्मक विधिबाट गरिएको छ । यस लेखमासर्वप्रथम नारीवादी आन्दोलनका विभिन्न प्रयासहरूको विवेचना गर्दै नारीवादी आन्दोलनका प्रमुख धाराहरू उदार नारीवाद, माक्र्सवादी नारीवाद, आमूल (उग्र) नारीवाद, समाजवादी नारीवादमाथि सङ्क्षिप्त रूपमा प्रकाश पारिएको छ भने अन्य सहायक धाराहरूको दिक्दर्शन मात्र दिइएको छ । नारीवादी आन्दोलनसित सम्बन्धित विविधप्रयास, चिन्तन र अवधारणाहरूको अनुशीलन गरी समस्याको गहिराइमा पुग्ने प्रयत्न गर्नुका साथै नारी र पुरुषका नैसर्गिक विशिष्टता, जटिलता, कुन्ठा एवं मनोग्रन्थीको विश्लेषण गरी नारीवादी चिन्तनका प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा मनोवैज्ञानिक विविधता पनि औँल्याइएको छ र नेपाली साहित्यसिर्जना तथा समालोचनामा भएको नारीवादी लेखनलाई पनि सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ ।अन्त्यमा नारीमाथि हुने विभेद एवं शोषणका सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक आदि कारणका साथै समाजको उत्पादन स्थिति÷सम्बन्धलाई यथार्थतः सम्पूर्णतामा नबुझी एकोहोरो रूपमा पुरुषको मात्र विरोध गरेर नारीमुक्ति असम्भव हुने भएकालेनारीवादी आन्दोलनकेवल विरोध र आक्रोशका रूपमा मात्र विकसित नभएर जीवनजगत् वा समस्त सृष्टिको समग्रताको बोध गरी वास्तविक आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक एवं मनोवैज्ञानिक समस्याको पहिचान गरी नारीमुक्ति आन्दोलनमापरिणत हुनुपर्ने निष्कर्ष दिइएको छ ।

Abstract
302
PDF
0

Downloads

Published

2022-06-30

How to Cite

नारीवादी आन्दोलन र नेपाली साहित्यमा नारीवाद . (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 242-256. https://doi.org/10.3126/ijmss.v3i1.50253

Issue

Section

Articles

How to Cite

नारीवादी आन्दोलन र नेपाली साहित्यमा नारीवाद . (2022). Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 242-256. https://doi.org/10.3126/ijmss.v3i1.50253