बालकृष्ण समका कवितामा अध्यात्मचिन्तनको प्रेरणास्रोत

Authors

  • मुक्तराज उपाध्याय

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50252

Keywords:

अध्यात्म, भौतिकवादी, आनुवंशिक, अभिजात्य, वैभवशाली, द्वैत

Abstract

ईश्वरचिन्तनबाट आफ्नो काव्ययात्राको पहिलो पाइलो सारेका बालकृष्ण समका कविता पूर्वीय अध्यात्मवादी दर्शनबाट अनुप्राणित रहेका छन् । यिनलाई नास्तिक र भौतिकवादी कविका रूपमा व्याख्या गरिए पनि यिनका अधिकांश कवितामा पूर्वीय अध्यात्मवादी चिन्तनको प्रभाव यत्रतत्र देख्न सकिन्छ । वेद, पुराण, उपनिषद्, गीताजस्ता वैदिक वाङ्मय एवं वेदान्त दर्शनका आत्मा,परमात्मा, बन्धन, मोक्षसँग सम्बन्धित चिन्तनको अभिव्यक्ति उनका कवितामा गरिएकोहुँदा उनी एक अध्यात्मप्रेरित दार्शनिक व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व निर्माणमा ऊ जन्मेको पारिवारिक वातावरण र सामाजिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालकृष्ण समको वैयक्तिक, सामाजिक र साहित्यिक जीवनमा पनि उनलाई प्राप्त भएको घरेलु वातावरण र समाजिक परिवेशको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । यसै सन्दर्भमा बालकृष्ण समले कविता लेखन र अध्यात्मचिन्तनमा बाल्यावस्थादेखि नै प्राप्त गरेको प्रेरणाको स्रोतको खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने उक्त उद्देश्य प्राप्तिका लागि पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरी प्राप्त सामग्रीलाई भिन्न–भिन्न उपशीर्षकहरूमा राखेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
17

Downloads

Published

2022-06-30

How to Cite

मुक्तराज उपाध्याय. (2022). बालकृष्ण समका कवितामा अध्यात्मचिन्तनको प्रेरणास्रोत. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 232–241. https://doi.org/10.3126/ijmss.v3i1.50252

Issue

Section

Articles