परालको आगो कथाको समाख्यानशास्त्रीय विश्लेषण

Authors

  • बालकृष्ण शर्मा

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50250

Keywords:

समाख्यान, समाख्याता, सम्बोधी, वाच्यता, समाख्यानात्मक काल

Abstract

प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचित ‘परालको आगो’ कथाको अध्ययनमा केन्द्रित छ । यसको सैद्धान्तिक आधार समाख्यानशास्त्र हो । विभिन्न विधाका माध्यमबाट प्रस्तुत हुने अन्तरकथायुक्त रचना नै समाख्यान हो । यो कथा प्रस्तुत गर्ने तरिका हो । यो कुनै कार्यकारण शृङ्खलामा आबद्ध चरित्रसहितको रूप हो । यसमा विभिन्न घटना, परिवेश र चरित्र हुन्छन् । ती चरित्रहरू घटनाका प्रेरक, भोक्ता, वहनकर्ता, द्रष्टा, सञ्चालन कर्ताका रूपमा आएका हुन्छन् । यस्ता चरित्रहरूको अध्ययन समाख्यानशास्त्रमा गरिन्छ । त्यसैले समाख्यानशास्त्र आख्यानात्मक कृतिमा प्रयुक्त पात्र र तिनका कार्यकलापहरूको अध्ययनमा केन्द्रित रहने समीक्षा पद्धति हो । कुनै पनि आख्यानमा समाख्याताको कार्य र उसको पहिचान, वाच्यता तथा कथावाचनका लागि निश्चित प्रकारको कालव्यवस्था रहेको हुन्छ । प्रस्तुत कथामा समाख्याताको कार्य र पहिचान गर्न सकिने आधारहरूको खोजी र विश्लेषण गरी समाख्यातमार्फत प्रस्तुत भएको वाच्यत्व र समाख्यानात्मक कालको अध्ययन विश्लेषण गरिएको छ । यस कथामा तृतीय पुरुष समाख्याताले वर्णनकर्ता, टिप्पणीकर्ता एवम् मूल्याङ्कनकर्ताका रूपमा समाज, संस्कृति र दाम्पत्य जीवनका यथार्थ स्थितिलाई आदर्शले परिवेष्ठित गरी वाच्यताका रुपमा प्रस्तुत गरेको छ र कथा समाख्यानात्मक भूतकालमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
19

Downloads

Published

2022-12-31

How to Cite

बालकृष्ण शर्मा. (2022). परालको आगो कथाको समाख्यानशास्त्रीय विश्लेषण. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 207–220. https://doi.org/10.3126/ijmss.v3i1.50250

Issue

Section

Articles