वर्णविन्यास वक्रता र राजेश्वरी खण्डकाव्यमा त्यसको प्रयोग

Authors

  • डी.पी. भट्टराई

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50248

Keywords:

वक्रोक्ति, आवृत्ति, गुण, लय

Abstract

प्रस्तुत अध्ययनमा वर्णविन्यास वक्रताका मापदण्डका आधारमा कवि माधवप्रसाद घिमिरेद्वारा रचित राजेश्वरी खण्डकाव्यको विश्लेषण गरिएको छ । वर्णविन्यास वक्रता कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका छ भेदमध्ये प्रथम भेद हो । वर्णविन्यास वक्रता काव्यका आधारभूत अवयव वर्णहरूको आवृत्तिबाट उत्पन्न लय सौन्दर्यसँग सम्बन्धित रहेको छ । यसका पनि एक वर्णविन्यास वक्रता, द्वि वर्णविन्यास वक्रता, बहुवर्णविन्यास वक्रता, वर्गान्तयोगीस्पर्श, तलनादि, रकारादि र यमकाभास गरी सात भेद रहेका छन् । यहाँ यिनै सात भेदका आधारमा राजेश्वरी खण्डकाव्यमा पाइने वर्णविन्यास वक्रताको विश्लेषण गरी निष्कर्ष दिने कार्य भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
12

Downloads

Published

2022-06-30

How to Cite

डी.पी. भट्टराई. (2022). वर्णविन्यास वक्रता र राजेश्वरी खण्डकाव्यमा त्यसको प्रयोग. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 200–206. https://doi.org/10.3126/ijmss.v3i1.50248

Issue

Section

Articles