नेपाली रङ्गमञ्चीय परम्परा र प्रयोग

Authors

  • कान्छी महर्जन

DOI:

https://doi.org/10.3126/ijmss.v3i1.50247

Keywords:

प्रदर्शनकारी कला, रङ्गसज्जा रङ्गमञ्च, रङ्गशिल्प, हस्तमुद्राङ्ग

Abstract

नाटक एक प्रदर्शनकारी कला हो । नाट्यरचना हुनुले मात्र यसको औचित्यलाई स्थापत्य गर्न सक्दैन, यसको लागि त निश्चय नै नाट्यरचना प्रस्तुतिको तहमा पुग्नुपर्दछ । नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्दा त्यहाँ थुप्रै रङ्गकर्मीहरूका साथसाथै अनेक रङ्गशिल्पीय पक्षको आवश्यकता पर्दछ । यसरी नाट्यरचनादेखि प्रस्तुतिको तहसम्म पुग्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी रङ्गकर्मीहरूले समयसँगै आएको विज्ञान र प्रविधिको नवीननवीन ढङ्गका साथ रङ्गशिल्पीय पक्षको प्रयोग गर्दै रङ्गमञ्चको यात्रालाई निरन्तरता दिइरहँदा रङ्गमञ्चको क्षेत्रमा विविध प्रवृत्ति र प्रयोग देखिन थाले । समयसँगै नेपाली रङ्गमञ्चमा देखा परेका यिनै विविध रङ्गमञ्चीय प्रयोगको अध्ययनमा यो लेख केन्द्रित छ । यस अध्ययनका लागि नेपाली रङ्गमञ्चसम्बन्ध लेखिएका सैद्धान्तिक पुस्तकलाई मुख्यस्रोतअन्तर्गतको सामग्रीका रूपमा सङ्कलन गरिएको छ । यसका साथै प्रतिनिधिमूलक केही मूल नाटकहरूको अध्ययन गर्दै थप सामग्री सङ्कलन गरिएको छ । यथासम्भव भएसम्म काठमाडौँभित्र र बाहिर विविध स्थानमा हुने नाट्यप्रस्तुतिलाई प्रत्यक्ष अवलोकन गरी रङ्गमञ्चीय परम्परा र प्रयोगसम्बन्धी प्राथमिक तथ्य सङ्कलन गरिएको छ । आवश्यकता हेरी नाटककार, निर्देशक, अभिनेता, व्यवस्थापक आदि रङ्गकर्मीहरूसँग छलफल गरी तथ्य सङ्कलन गरिएको छ । पूर्वीय र पाश्चात्य नाट्यजगत्मा धार्मिक आस्थाबाट सृजित भएको नेपाली रङ्गमञ्चको अवधारणा आजको समयसम्म आइपुग्दा यसले थुप्रैप्रयोगलाई आत्मसात् गर्दै नवीननवीन प्रयोगका साथ अगाडि बढेको छ भन्ने निचोड यस अनुसन्धानले देखाएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
19

Downloads

Published

2022-06-30

How to Cite

कान्छी महर्जन. (2022). नेपाली रङ्गमञ्चीय परम्परा र प्रयोग. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 188–199. https://doi.org/10.3126/ijmss.v3i1.50247

Issue

Section

Articles