‘मधुमालतीको कथा’ कथामा समाख्यानशास्त्र 'Madhumalatiko Katha' Ma Samakhyanshastra

Authors

  • मुक्तराज Muktaraj उपाध्याय Upadhyaya सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

Keywords:

समाख्यान Samakhyan, प्रकार्य Prakarya, वाच्यत्त्व Bachyatwa, सङ्केन्द्रण sangkendran, साक्ष्य sakshya, अन्तर्निष्ठ antarnistha, वहिर्निष्ठ bahirnistha

Abstract

आख्यानात्मक संरचनाको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने आधुनिक सिद्धान्त नैसमाख्यानशास्त्र हो । यसले आख्यान संरचना भएका जुनसुकै विधा (कथा, उपन्यास, नाटक आदि) माप्रयुक्त संरचनाको वर्णनात्मक ढाँचाको पहिचान गरी विश्लेषण गर्दछ, साथै आख्यानको प्रकार्य तथासम्बन्धको निरूपण के कसरी भएको छ ? भनी खोजी गर्दछ । यसका माध्यमबाट समाख्यानात्मक सम्प्रेषणतह, समाख्यानात्मक सङ्केन्द्रण, समाख्यानात्मक वाच्यत्त्व, समाख्यानात्मक काल, समाख्याताको पहिचानआदि विविध कोणबाट आख्यानात्मक संरचनाको अध्ययन विश्लेषण गर्नसकिन्छ । प्रस्तुत अध्ययनमा भने उल्लिखित सबै कोणबाट नभई समाख्याताको पहिचान र समाख्यानात्मकवाच्यत्त्वका कोणबाट मात्र ‘मधुमालतीको कथा’ को विश्लेषण गरिएको छ । यस कथामा आएकोसमाख्याता को हो ? कथामा यो कसरी प्रस्तुत भएको छ ?समाख्याता कथाभित्र वा बाहिर कहाँ बसेर कथाभनेको छ ? समाख्याताका बारेमा कथामा के कस्ता सूचकहरू रहेका छन् ? समाख्यानात्मक वाच्यत्त्व केकस्तो रहेको छ ? कथाले व्यक्ति, विषय र परिवेश आदिमा कसलाई र कसरी सङ्केन्द्रण गरेको छ ?समाख्यानका माध्यमबाट के कुरा व्यक्त गर्न खोजिएको छ ? भन्नेजस्ता जिज्ञासाको समाधानमा प्रस्तुत लेखकेन्द्रित रहेको छ ।

 

Abstract
247
pdf
0

Author Biography

मुक्तराज Muktaraj उपाध्याय Upadhyaya, सरस्वती बहुमुखी क्याम्पस (मानविकी संकायः नेपाली विभाग), त्रिभुवन विश्वविद्याल Saraswati Multiple Campus, Faculty of humanities and Social Science, Nepali Department, TU

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2020-10-01

How to Cite

‘मधुमालतीको कथा’ कथामा समाख्यानशास्त्र ’Madhumalatiko Katha’ Ma Samakhyanshastra. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 190-199. https://doi.org/10.3126/ijmss.v1i1.34655

Issue

Section

Articles

How to Cite

‘मधुमालतीको कथा’ कथामा समाख्यानशास्त्र ’Madhumalatiko Katha’ Ma Samakhyanshastra. (2020). Interdisciplinary Journal of Management and Social Sciences, 1(1), 190-199. https://doi.org/10.3126/ijmss.v1i1.34655