‘मधुमालतीको कथा’ कथामा समाख्यानशास्त्र 'Madhumalatiko Katha' Ma Samakhyanshastra
DOI:
https://doi.org/10.3126/ijmss.v1i1.34655Keywords:
समाख्यान Samakhyan, प्रकार्य Prakarya, वाच्यत्त्व Bachyatwa, सङ्केन्द्रण sangkendran, साक्ष्य sakshya, अन्तर्निष्ठ antarnistha, वहिर्निष्ठ bahirnisthaAbstract
आख्यानात्मक संरचनाको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने आधुनिक सिद्धान्त नैसमाख्यानशास्त्र हो । यसले आख्यान संरचना भएका जुनसुकै विधा (कथा, उपन्यास, नाटक आदि) माप्रयुक्त संरचनाको वर्णनात्मक ढाँचाको पहिचान गरी विश्लेषण गर्दछ, साथै आख्यानको प्रकार्य तथासम्बन्धको निरूपण के कसरी भएको छ ? भनी खोजी गर्दछ । यसका माध्यमबाट समाख्यानात्मक सम्प्रेषणतह, समाख्यानात्मक सङ्केन्द्रण, समाख्यानात्मक वाच्यत्त्व, समाख्यानात्मक काल, समाख्याताको पहिचानआदि विविध कोणबाट आख्यानात्मक संरचनाको अध्ययन विश्लेषण गर्नसकिन्छ । प्रस्तुत अध्ययनमा भने उल्लिखित सबै कोणबाट नभई समाख्याताको पहिचान र समाख्यानात्मकवाच्यत्त्वका कोणबाट मात्र ‘मधुमालतीको कथा’ को विश्लेषण गरिएको छ । यस कथामा आएकोसमाख्याता को हो ? कथामा यो कसरी प्रस्तुत भएको छ ?समाख्याता कथाभित्र वा बाहिर कहाँ बसेर कथाभनेको छ ? समाख्याताका बारेमा कथामा के कस्ता सूचकहरू रहेका छन् ? समाख्यानात्मक वाच्यत्त्व केकस्तो रहेको छ ? कथाले व्यक्ति, विषय र परिवेश आदिमा कसलाई र कसरी सङ्केन्द्रण गरेको छ ?समाख्यानका माध्यमबाट के कुरा व्यक्त गर्न खोजिएको छ ? भन्नेजस्ता जिज्ञासाको समाधानमा प्रस्तुत लेखकेन्द्रित रहेको छ ।