नारी स्रष्टाका नाटकमा निर्देशन पक्ष Nari Shrastraka Natakma Nirdeshan Pakshya
DOI:
https://doi.org/10.3126/ijmss.v1i1.34652Keywords:
दृश्यविधान Drishyabidhan, पुनःसिर्जनाशीलता Punha Sirjanshilata, मञ्जसज्जा majjasajja, रङ्गसामग्री Ranga samagri, रङ्गशिल्प rangashilpaAbstract
नाटकमा रङ्गमञ्च अन्तर्निहित हुन्छ भन्नुको तात्पर्य नाटकमा निर्देशन पक्ष हुन्छ भन्नु हो । साहित्यकोअन्य विधाभन्दा नाटक पृथक् हुनुको मुख्य कारण पनि यही नै हो । नाटकको मूल विशेषता नै यसमादृश्यात्मकताको उपस्थिति रहनु हो । यसले नाटकलाई प्रस्तुतितिर उन्मूख गर्दछ । नाटककारकोमानसपटलमा सर्वप्रथम मञ्चित भएर लेखिने नाटकमा नाटककारले स्पष्ट रूपमा नै विविध रङ्गनिर्देशदिएका हुन्छन् । नाटक लेखन नाटककारको एक्लो प्रयासले सम्भव हुन सक्ला तर प्रस्तुतिको क्रममा जाँदायसले रङ्गकर्मीहरूको सामूहिक प्रयासका साथसाथै प्रस्तुतिसँग सम्बन्धित अन्य विविध रङ्गप्रविधिको पनिअपेक्षा राख्दछ । यसैलाई यस लेखमा निर्देशन पक्षका रूपमा अध्ययन गरिएको छ । यसका लागि २०११सालबाट प्रकाशित हुन आरम्भ भएका नेपाली नारी स्रष्टाका नाटकलाई लिइएको छ । यस लेखमानिगमनात्मक शोधविधिको उपयोग गरिएको छ । यसमा नेपाली नाट्यजगत्मा नारी नाटककारकोऐतिहासिक सर्वेक्षण गर्दै निर्देशनका निश्चित उपकरणका आधारमा केही प्रतिनिधि नारी नाटककारकानाटकको निर्देशन पक्षको अध्ययन गरिएको छ । यसका लागि आवश्यकतानुसार प्राथमिक र द्वितीयकस्रोतअन्तर्गतबाट सामग्री सङ्कलन गरी व्याख्यात्मक र विवरणात्मक ढङ्गबाट अध्ययन र विश्लेषणकोव्यवस्थापन गरिएको छ । नारी नाटककारहरूले पनि रङ्गशिल्पलाई विशेष प्राथमिकताका साथ राखेर नाटकसिर्जना गरेका छन् र तिनका नाटकहरू निर्देशनका दृष्टिले उत्कृष्ट छन् भन्ने तथ्य नै प्रस्तुत लेखको मूलनिचोड हो ।