शिक्षण सिकाई व्यवस्थापनमा पुस्तकालयको प्रभावकारिता
Keywords:
गुणस्तरीय शिक्षा, पुस्तकालय, ई-पुस्तकालय, पठन संस्कार, नीतिगत शैक्षिक सुधारAbstract
विद्यालय पुस्तकालय शिक्षण–सिकाइ व्यवस्थापनको महत्वपूर्ण आधार हो, जसले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ। प्रस्तुत अध्ययनले विद्यालयमा पुस्तकालयको स्थापना, व्यवस्थापन तथा प्रयोगले शिक्षण–सिकाइ प्रक्रियामा पार्ने प्रभावको विश्लेषण गरेको छ। अध्ययनको मुख्य उद्देश्य पुस्तकालयले विद्यार्थीमा पठन संस्कार, ज्ञान विस्तार, सिर्जनशीलता तथा जीवनोपयोगी सीप विकासमा पुर्याउने योगदानको मूल्याङ्कन गर्नु हो। अध्ययनमा प्राथमिक तथा द्वितीयक स्रोतको प्रयोग गरिएको छ। शिक्षा आयोगका प्रतिवेदन, शिक्षा मन्त्रालयका नीति तथा निर्देशिका, पुस्तकालय दिवसका घोषणापत्र, डिजिटल पुस्तकालयसम्बन्धी लेख तथा ऐतिहासिक दस्तावेजहरूको साहित्यिक समीक्षा र नीतिगत विश्लेषण गरिएको छ। अध्ययनबाट पुस्तकालयले विद्यार्थीलाई सक्षम, सिर्जनशील, अनुसन्धानमुखी तथा उत्पादनशील बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने देखिएको छ। तथापि, नेपालका अधिकांश सामुदायिक विद्यालयमा पुस्तकालयको पहुँच, व्यवस्थापन तथा स्रोत–साधनको अभाव अझै चुनौतीका रूपमा रहेको पाइयो। हालका नीति तथा कार्यक्रमहरूले सार्वजनिक तथा ई–पुस्तकालय विस्तार, विद्यालय सुधार कार्यक्रम र स्थानीय तहमार्फत पुस्तकालय विकासलाई प्राथमिकता दिएका छन्। निष्कर्षतः, गुणस्तरीय शिक्षा, प्रभावकारी सिकाइ वातावरण तथा सक्षम नागरिक निर्माणका लागि विद्यालय पुस्तकालयको सुदृढीकरण, आधुनिक व्यवस्थापन र ई–पुस्तकालयको विस्तार अपरिहार्य रहेको देखिन्छ। त्यसैले राज्य, स्थानीय तह, विद्यालय र समुदायले पुस्तकालय विकासलाई शैक्षिक प्राथमिकताका रूपमा अघि बढाउन आवश्यक छ। यो अध्ययन नीति निर्माता, शिक्षक, विद्यालय व्यवस्थापक तथा अन्य सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.