पिँजराको सुगा कवितामा ध्वनि
DOI:
https://doi.org/10.3126/ijar.v3i1.83633Keywords:
अभिधा, अलङ्कार, कविता, दरबार, पिँजराAbstract
प्रस्तुत लेखमा कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित पिँजराको सुगा कवितालाई ध्वनि सिद्धान्तको आधारमा विश्लेषण गरिएको छ । ध्वनि पूर्वीय साहित्य सिद्धान्तको एक महत्त्वपूर्ण अङ्ग हो । नेपाली साहित्य समालोचनाको क्षेत्रमा ध्वनि सिद्धान्तलाई आधार मानेर धेरै अनुसन्धानहरू भएका छन् । ध्वनिलाई विश्लेषण गर्ने अनेक उपकरणहरु मध्ये यस लेखमा सामाजिक ध्वनि, साहित्यिक ध्वनि, आध्यात्मिक ध्वनि, राजनीतिक ध्वनि र व्यक्तिगत विवशताको ध्वनिलाई मुख्य आधार बनाइएको छ । पिँजराको सुगा नैतिक चेतनाले सझिएको एक उत्कृष्ट फुटकर कविता हो । । मानिसले आफ्नो मनोरञ्जन र स्वार्थपूर्तिका लागि वन जङ्गलमा स्वतन्त्र रुपले विचरण गर्ने चरोलाई पिँजरामा थुनेर राखेका हुन्छन् । अहिंसावादी लेखनाथले मानिसको यस्तो कठोर व्यवहारले बन्धनमा परेको सुगाको दुःखदायी जीवनको वर्णन गर्दै अहिंसावादी पाठ सिकाउने उद्देश्यले यो कविता रचना गरेका हुन् । यस कवितामा खुला आकाशमा स्वतन्त्र रुपले उड्ने चरो पिँजराभित्र थुनिँदा उसले भोग्नु परेको अनेक पीडा, कष्ट, तनाव र यातनालाई अभिधात्मक रुपमा चित्रण गरिएको छ भने व्यञ्जनात्मक रुपमा एकतन्त्री निरङ्कुश राणा शासनले सर्वसाधारण नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, शोषण, दमन र अमानवीय व्यवहारलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । यस कवितामा वाच्यार्थ नै मर्मस्पर्शी र प्रभावकारी छ भने यसका विभिन्न ध्वन्यार्थहरू पनि निकै गहन, मार्मिक र घत लाग्दा छन् । राणा शासन पिँजरा र सुगा नेपाली जनताका प्रतीक हुन् । पिँजराले राणा शासन र सुगाले निरीह नेपाली जनताको प्रतिनिधित्व गरेका छन् । यो व्यङ्ग्य प्रधान कविता हो । त्यसैले चराको आत्मकथनबाट राणा शासनप्रति तीव्र व्यङ्ग्य प्रहार गर्नु नै यस कविताको कन्द्रीय पक्ष हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.