किशोरावस्थामा हुने लागु पदार्थ दुव्र्यसन, यसको कारण र नियन्त्रणका उपायहरू

Authors

DOI:

https://doi.org/10.3126/ijar.v3i1.83632

Keywords:

किशोर किशोरी, लागु औषध, घरपरिवार, समुदाय, ऐन, कानून, पुनःस्थापना, सामाजिक प्रभाव

Abstract

किशोरावस्थामा हुने लागु पदार्थ दुव्र्यसन, यसको कारण र नियन्त्रणका उपायहरू सम्वन्धमा खोज, अध्ययन, अनुसन्धान, विश्लेषण गरी तयार गरिएको यस अनुसन्धानमार्फत् लागु पदार्थ दुव्र्यसन बारे तथ्य पहिल्याउने प्रयास गरिएको छ । विशेष गरी तेîथुम जिल्लामा किशोरावस्थाका बालबालिकाहरू केकस्ता लागु पदार्थ सेवन गर्दछन् ? के–के कारणबाट दुव्र्यसनका सिकार भएका छन् ? र यसबाट बच्न के–के उपायहरू अबलम्वन गर्न सकिन्छ ? भन्ने कुरा पत्ता लगाई अनुसन्धानको ढाँचामा आधारित रहेर यो शोधकार्य सम्पन्न गरिएको छ । यस अनुसन्धानमा प्राथमिक र द्वितीय दुबै स्रोतको प्रयोग गरिएको छ । यहाँ प्रश्नावली तथा अन्तर्वार्ताको साथै विभिन्न सन्दर्भ सामग्रीहरूको अध्ययन गरी तयार गरिएको छ । यस अनुसन्धानमा विशेषतः वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिको उपयोग गरिएको छ । विशेषतः किशोरावस्थाका बालबालिकाहरूले प्रयोग गर्ने लागु पदार्थको पहिचान, कारण र निराकरणका उपायसमेत सुझाइने हुनाले यो अनुसन्धान केही विशेष र अरूभन्दा फरक पनि रहेको छ । यो शोधपत्र तेîथुम जिल्ला निवासी तथा अन्य अभिभावकहरूलाई समेत उपयोगी हुन सक्छ । सम्बन्धित विद्यार्थी, अभिभावक, शिक्षक लगायत सरोकारवाला सबैलाई यो अनुसन्धान एक उपयोगी अध्ययन सामग्री बन्ने सम्भावना पनि उत्तिकै रहेको छ । 

Downloads

Download data is not yet available.
Abstract
40
pdf (नेपाली)
18

Author Biography

Dipak Kattel, म्याङलुङ क्याम्पस

उपप्राध्यापक

Published

2025-09-01

How to Cite

Kattel, D. (2025). किशोरावस्थामा हुने लागु पदार्थ दुव्र्यसन, यसको कारण र नियन्त्रणका उपायहरू. Intellectual Journal of Academic Research, 3(1), 135–143. https://doi.org/10.3126/ijar.v3i1.83632

Issue

Section

Research Articles