अभिकथन क्रियाका दृष्टिले द्वन्द्व नाटक

Authors

DOI:

https://doi.org/10.3126/ijar.v3i1.83631

Keywords:

अभिकथन, अस्पष्ट, उच्चार, कथोपकथन, सुस्पष्ट

Abstract

प्रस्तुत लेख द्वन्द्व नाटकमा प्रयुक्त अभिकथन क्रियाको विश्लेषणमा केन्द्रित रहेको छ । अभिकथन क्रिया भनेको उच्चारहरूबाट प्रत्यक्ष रूपमा व्यक्त हुने वाक्क्रिया हो । यस्तो वाक्क्रिया सामान्यतः उच्च तहका कार्य सम्पादनपरक क्रियापदहरूबाट व्यक्त हुन्छ । यस्ता उच्चारले सन्दर्भको अधीनमा रही अभिकथन शक्ति वा कार्य सम्पादन सामथ्र्य देखाउँछन् । अस्टिनले कार्य सम्पादनपरक उच्चारलाई सुस्पष्ट र अस्पष्ट भनी दुई तहमा वर्गीकरण गरेका छन् । सर्लेले पनि सुस्पष्ट र अस्पष्ट दुबै प्रकारका उच्चारमा अभिकथन शक्ति निहित रहने कुरा स्पष्ट पारेका छन् । अभिकथन क्रियालाई सर्लेको वर्गीकरणका आधारमा निश्चयार्थक, निर्देशनात्मक, अभिव्यक्तिपरक, प्रतिज्ञापरक र घोषणात्मक वर्गमा व्यवस्थित गरिएको छ । यस अध्ययनमा द्वन्द्व नाटकमा प्रयुक्त केही सीमित संवादात्मक उच्चार खण्डहरूको अभिकथन क्रियाका आधारमा विश्लेषण गरिएको छ । यस आधारमा मूल्याङ्कन गर्दा गौतमको उक्त नाटक वाक्क्रिया विश्लेषणको एउटा प्रमुख क्षेत्र अभिकथनका दृष्टिले उत्कृष्ट रहेको कुरा स्पष्ट हुन्छ । 

Downloads

Download data is not yet available.
Abstract
32
pdf (नेपाली)
12

Author Biography

Jagatmani Soti, नेपाल संस्कृत विश्वविद्यालय

उपप्राध्यापक

Published

2025-09-01

How to Cite

Soti, J. (2025). अभिकथन क्रियाका दृष्टिले द्वन्द्व नाटक. Intellectual Journal of Academic Research, 3(1), 127–134. https://doi.org/10.3126/ijar.v3i1.83631

Issue

Section

Research Articles