समय त्रासदी उपन्यासमा पारिस्थितिक नारीवाद
DOI:
https://doi.org/10.3126/ijar.v1i1.69954Keywords:
पर्यावरण, पारिस्थितिक,, स्वैरकल्पनिक, नारीवाद, समय त्रासदीAbstract
प्रस्तुत लेख समय त्रासदी उपन्यासमा प्रयुक्त पारिस्थितिक नारीवादको पहिचान र विश्लेषणमा केन्द्रित रहेको छ । समय त्रासदी उपन्यासकार सरुभक्त श्रेष्ठद्वारा लिखित मानिसको घृणाजन्य अहङ्कारलाई मुख्य विषयवस्तु बनाई लेखिएको स्वैरकाल्पनिक उपन्यास हो । यसमा मानवीयताको निकृष्ट व्यवहार र कारुणिक त्रासदी गाथालाई प्रस्तुत गरिएको छ । साहित्य समालोचनाका विभिन्न सिद्धान्तहरुमध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री अन्तर्विषयक समालोचना पनि भनिन्छ । पारिस्थितिक नारीवाद पर्यावरणीय समालोचनाको एउटा महत्वपूर्ण पक्ष हो । यसले नारीहरुले भोग्नु परेका परिस्थितिजन्य कठिनाइहरुको अध्ययन गर्दछ । यस आधारमा मूल्याङ्कन गर्दा समय त्रासदी उपन्यासमा वर्तमान सन्दर्भमा भोग्नु परेका परिस्थितिजन्य यथार्थहरुको चित्रण गरिएको कुरा स्पष्ट हुन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.