विश्वव्यापीकरण र नेपाली भाषा शिक्षण

Authors

  • हेमा Hema जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर

DOI:

https://doi.org/10.3126/ijar.v1i1.69953

Keywords:

विश्वव्यापीकरण, शैक्षणिक, आधुनिकीकरण, गुणात्मक, सम्पर्क भाषा

Abstract

प्रस्तुत लेख विश्वव्यापीकरण र नेपाली भाषा शिक्षणसँग सम्बद्ध रहेको छ । विविध जातजाति र भाषाभाषीको साझा फुलबारीका रुपमा रहेको नेपाल र यहाँका सबैजसो नेपालीको साझा सम्पर्क भाषा नेपाली भाषा हो । नेपाली भाषा विश्व समुदायमा फैलिरहेको छ । नेपालको परिवेशमा यो भाषाले अध्ययन, अनुसन्धान, विश्लेषण, पठनपाठन तथा विभिन्न प्रयोजनपरक तहमा भाषिक संरचनागत सक्षमता प्राप्त गर्दै आएको छ । प्राचीन कालदेखि नै नेपाली भाषा प्रशासनिक, सम्पर्क तथा राष्ट्र भाषाको भूमिकामा रहँदै आएको छ । फलस्वरुप यस भाषाको नीतिगत र संरचनागत विकास पनि हुँदै आएको विश्वव्यापीकरणका रुपमा नेपाली भाषा समृद्ध छ । नेपालका अधिकांश नेपालीको मातृभाषा र बहुसंख्यक नेपालीको सम्पर्क भाषाका रुपमा बोलिने नेपाली भाषा विभिन्न जातजाति र भाषाभाषी बिच राष्ट्रिय एकताको प्रतीकका रुपमा व्यवह्रत छ । नेपाली भाषाको अत्याधुनिक विकास तथा प्रविधिमा पहुँच बढ्दै जाँदा यसको शिक्षण सिकाईमा प्रभावकारी व्यवस्थापनको खाँचो पनि बढ्दै गएको पाइन्छ । विश्वका विभिन्न देश तथा स्थानमा नेपाली भाषीहरुको आवागमन बढ्दै जानु तथा नेपाली भाषाको विश्वव्यापीकरणको अवस्थालाई यस अध्ययनमा शैक्षणिक प्रयोजनका कोणबाट विश्लेषण गरिएको छ । नेपाली भाषा विश्व समुदायमा फैलिरहेको छ । मूलतः विज्ञान प्रवृधिको विकास सञ्चार माध्यम, साहित्यिक विकास तथा विस्तार, सामाजिक सञ्जालमा केही कमीकमजोरी हुँदाहुँदै पनि नेपाली भाषा विश्वव्यापीकृत भइरहेको पाइन्छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेर पुस्तकालीय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोतबाट सामग्री सङ्कल्न गरिएको प्रस्तुत लेखमा विश्वव्यापीकरण र नेपाली भाषा शिक्षण को प्रयोग के, कसरी भएको छ यसका सकारात्मक पक्ष के हुन, नेपाली भाषा शिक्षणको विस्तारमा देखिएका अवसर के–कस्ता छन् भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
6

Author Biography

हेमा Hema जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2023-12-31

How to Cite

जोशी Joshi ह. H. (2023). विश्वव्यापीकरण र नेपाली भाषा शिक्षण. Intellectual Journal of Academic Research, 1(1), 27–32. https://doi.org/10.3126/ijar.v1i1.69953

Issue

Section

Research Articles