शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू

Authors

  • नारायण प्रसाद Narayan Prasad अधिकारी Adhikari शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं

DOI:

https://doi.org/10.3126/ijar.v1i1.69952

Keywords:

मनोबल विकास, पेसागत विकास, तालिम

Abstract

अध्ययन शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू पहिचान पर्ने उद्देश्यले गरिएको हो । यस अध्ययनमा कीर्तिपुर नगरपालिकामा रहेका २ ओटा विद्यालय मंगल माध्यमिक विद्यालय र वैष्णवी माध्यमिक विद्यालयलाई छनोट गरी अध्ययन गरिएको छ । अध्ययन कर्ता आफैँ अध्ययन क्षेत्रमा गई अन्तर्वार्ताका माध्यमबाट सूचनाहरु सङरकलन गरी गुणात्मक ढाँचामा व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमा शिक्षकको पेसागत विकासका कार्यक्रमहरु शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित नभएको तथा तालिम बढुवा प्रयोजन र औपचारिकतामा मात्र सीमित रहेको पाइयो । यस अध्ययनमा शिक्षक स्वयमले आफ्नो प्रयास र स्वअध्ययनबाट पेसागत विकास गर्न सक्ने तथ्य प्राप्त भएको छ । कक्षाकोठामा तालिमको न्यून प्रयोग, पेसागत विकासका न्यून अवसर, पेसागत प्रतिवद्धताको कमी, शिक्षक शिक्षणीय समस्या पहिचान गर्न असमर्थ हुनु, नियमित कक्षा अवलोकन, सुपरिवेक्षण र शिक्षण सुधार गर्ने जस्ता कार्यहरु नहुनु शिक्षकको पेसागत विकासका मुख्य समस्याहरु रहेका छनर । शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित तालिम सम्बन्धित निकायले सञ्चालन गर्नु पर्ने, तालिम अवसरका कोटामा वृद्धि गरिनु पर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक हुन निश्चित पेसागत सिप र दक्षताको निर्धारण साथै शिक्षण पेसामा प्रवेश गरेदेखि नै शिक्षकहरुलाई पेसागत विकासका अवसर प्राप्त हुने नीतिको तर्जुमा गर्नु पर्ने तथा तालिम विशेष गरी स्थानीय आवश्यकता तथा विषयगत समस्यामा आधारित भई सम्बन्धित निकायले सञ्चालन गर्नु पर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
9

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी Adhikari न. प. N. P. (2023). शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू. Intellectual Journal of Academic Research, 1(1), 17–26. https://doi.org/10.3126/ijar.v1i1.69952

Issue

Section

Research Articles