तत्वदर्शनको आलोकमा महिलाको अर्थपूर्ण राजनीतिक प्रतिनिधित्वः संरचना र सामाजिक व्यवहारको अन्तरद्वन्द्व
DOI:
https://doi.org/10.3126/iimrjbc.v3i1.81409Keywords:
महिला, वर्ग, राजनीति, समाज, अर्थतन्त्र, राजनीतिक दलAbstract
यस अध्ययनले नेपालको राजनैतिक प्रक्रियामा महिलाको अर्थपूर्ण प्रतिनिधित्व (meaningful representation) लाई विश्लेषणको केन्द्रमा राखेको छ । जसमा भोजपुर जिल्लाका राजनीतिकर्मी महिला कार्यकर्ताहरूका अनुभवहरूलाई मूलस्रोतका रूपमा उपयोग गरिएको छ । अध्ययनका लागि नेपाली कांग्रेस, नेकपाएमाले र माओवादीकेन्द्रका गरी ९ जना महिला कार्यकर्ताहरूका अन्तर्वार्तामार्फत गुणात्मक विधिबाट तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त संकथनहरुलाई वैदिक दर्शन अन्तर्गत वैशेषिक सूत्र र तन्त्रशास्त्रका सिद्धान्तहरूलाई विश्लेषणको दार्शनिक ढाँचाको रूपमा प्रयोग गरिएको छ । अन्तर्वार्ताबाट प्राप्त निष्कर्ष अनुसार, महिलाहरू राजनीतिक रूपमा उपस्थित भए तापनि निर्णय प्रक्रियामा उनीहरूको भूमिका प्रतीकात्मक मात्रै छ । नेतृत्व तहबाट नीति निर्माण गर्ने र प्रभाव पार्ने हैसियतमा पुग्न उनीहरूलाई सामाजिक, आर्थिक र संस्थागत अवरोधले रोकिरहेको छ । समानुपातिक प्रणालीबाट प्रतिनिधित्व पाउने अधिकांश महिलाहरु पहुँच र कूलीनतामार्फत आउँदा सिमान्तकृत समुदायका महिलाहरू अझै पछि परिरहेका छन्। वैशेषिक दर्शनको ‘गुण’ र‘कर्म’ सिद्धान्तले महिलामा नेतृत्व गर्ने गुण भएपनि कर्म अर्थात् निर्णयको अवसर उपलब्ध नभएको यथार्थलाई उजागर गर्दछ । त्यस्तै, ‘तन्त्रशास्त्र’को नारीशक्ति अवधारणाले महिलामा रुपान्तरणकारी शक्ति भए तापनि त्यसलाई संस्थागत संरचनाले दबाएको देखाउदँछ । ‘उदाहरणीय नेतृत्व’ (transformative leadership) र ‘महिला केन्द्रित क्षमता अभिवृद्धि’ अपरिहार्य देखिन्छ । नारी सशक्तीकरणको वास्तविक मापन, संख्याको आधारमा नभई, महिलाहरूको निर्णय प्रक्रियामा कत्तिको अर्थपूर्ण प्रतिनिधित्व छ भन्ने कुरामा आधारित हुनुपर्छ ।अन्ततः, यस अध्ययनले राजनीतिमा महिलाको औपचारिक सहभागिता मात्र पर्याप्त छैन भनी जोड दिँदै महिलाको आवाज, निर्णय क्षमता, भावना, दक्षतार स्वायत्तता सुनिश्चित गर्दछ, त्यसलाई सशक्त लोकतन्त्रको आधारका रूपमा प्रस्तुत गर्न सकिन्छ । यस लेखले महिलाको साामाजिक राजनीतिक अवस्थाको अध्ययनमा शैक्षिक र प्राज्ञिक क्षेत्रमा नयाँ दृष्टिकोणाबाट अध्ययन अनुसन्धान गर्न भविष्यका अनुसन्धानकर्तालाई प्रोत्साहित गर्दै यस बृत्तमा मार्गनिर्देश गर्न मद्दत पुग्ने छ ।