‘सरकारले दुलो खोज्नुपर्ला’ निबन्धमा सन्दर्भगत संज्ञान

Authors

  • Baburam Ojha Tribhuvan University

DOI:

https://doi.org/10.3126/iimrjbc.v3i1.81404

Keywords:

आचरणगत निस्पृहता, धर्मान्धता, पुरातनवादी सत्ता, सांस्कृतिक विचलन, सत्तामोह

Abstract

प्रस्तुत अध्ययन भैरव अर्यालद्वारा लिखित ‘सरकारले दुलो खोज्नुपर्ला’ निबन्धलाई सन्दर्भ विश्लेषण सम्बन्धी मान्यताका आधारमा विश्लेषण गरी त्यसमा निहित संज्ञानको खोजी गरिएको छ । सङ्कथनमा भाषासँगै सन्दर्भ पनि निहित रहेको हुन्छ । अतः निबन्धात्मक भाषिक पाठमा अन्तर्निहित संज्ञानको खोजीका लागि सन्दर्भको सहयोग आवश्यक परेको हुन्छ । सन्दर्भले निबन्धात्मक पाठमा प्रयुक्त भाषा र त्यसमा निहित स्थितिको संयोजनद्वारा पाठको आशय वा संज्ञानलाई प्रकाश्य पार्छ । ‘सरकारले दुलो खोज्नुपर्ला’ निबन्धमा के कस्ता सन्दर्भ मार्पmत् संज्ञान कसरी प्रस्तुत गरिएको छ ? भन्ने प्राज्ञिक जिज्ञासामा आधारित अध्ययन पश्चात् तयार पारिएको प्रस्तुत लेखमा उक्त निबन्धमा रहेको संज्ञानगत पक्षलाई विभिन्न सन्दर्भका माध्यमबाट खोजिएको छ । मूलतः पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको यस लेखमा सामग्री विश्लेषणका लागि सन्दर्भ विश्लेषणको सैद्धान्तिक मान्यताको प्रयोग गरिएको छ । सामग्रीको विश्लेषण गर्दा यहाँ पाठ विश्लेषण विधि अवलम्बन गरिएको छ । ‘सरकारले दुलो खोज्नु पर्ला’ निबन्धमा तत्कालीन अवस्थाका सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विषयका विविध पक्षमाथिको आलोचनात्मक अभिव्यक्ति रहेको छ र यस्तो अभिव्यक्ति सामाजिक, आर्थिक र राजनीतिक सन्दर्भका माध्यमबाट प्रकाश्य भएको छ । यी सन्दर्भ मार्फत उक्त निबन्धमा नेपालमा प्रजातन्त्रको स्थापना पछिको सरकार बन्ने र विगठन हुने अवस्था र तत्कालीन सरकारको अपरिपक्वता, आन्दोलन र मागमार्फत राजनीतिक अभीष्ट पूरा गर्ने तत्कालीन प्रवृत्ति, धार्मिक संस्था र परम्पराको निउँमा हुने स्वार्थता एवम् तत्कालीन अवस्थामा रहेको आर्थिक विभेद र यस्तो विभेदका विरुद्धको सङ्घर्ष जस्ता संज्ञान प्रस्तुत भएको देखापर्छ ।

Downloads

Download data is not yet available.
Abstract
51
PDF
28

Downloads

Published

2025-07-18

How to Cite

Ojha, B. (2025). ‘सरकारले दुलो खोज्नुपर्ला’ निबन्धमा सन्दर्भगत संज्ञान . Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 3(1), 56–71. https://doi.org/10.3126/iimrjbc.v3i1.81404

Issue

Section

Articles