एक चिहान उपन्यासमा लैङ्गिक उत्पीडन र प्रतिरोध
DOI:
https://doi.org/10.3126/iimrjbc.v3i1.81395Keywords:
उत्पीडन, प्रतिरोध, हिंसा, पितृसत्ता, प्रभुत्वशालीAbstract
प्रस्तुत लेख ह्दयचन्द्रसिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासमा लैङ्किक उत्पीडन र प्रतिरोधको स्थिति निरूपण र विश्लेषणमा केन्द्रित रहेको छ । यस उपन्यासमा उत्पीडन र प्रतिरोधको अवस्था के–कस्तो छ भन्ने मुख्य समस्यामा केन्द्रित भई त्यसको विश्लेषणमा केन्द्रित रहनु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक ढाँचामा आधारित भई तयार गरिएको यस लेखमा पुस्तकालयबाट सङ्कलन गरिएको एक चिहान उपन्यासलाई प्राथमिक स्रोतको सामग्री र विभिन्न पुस्तक, पत्रपत्रिका तथा लेखरचनालाई द्वितीय सामग्रीका रूपमा उपयोग गरिएको छ । लेखको प्रस्तुतीकरणका सन्दर्भमा भने विश्लेषणात्मक विधिको आवलम्बन गरिएको छ । समाजमा रहेका कुनै पनि व्यक्ति महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण उसलाई मानसिक, शारीरिक तथा यौनिक रूपमा आघात पुग्ने गरी गरिएको दुव्र्यवहारलाई लैङ्गिक उत्पीडन र यसविरुद्धमा सम्बन्धित पक्षले गरेको प्रतिकारलाई प्रतिरोध भनिन्छ । उपन्यासमा उत्पीडन र प्रतिरोधको अवस्था पत्ता लगाउन लैङ्गिक उत्पीडनका सन्दर्भ तथा पक्षहरूअन्तर्गत पितृसत्तात्मक सामाजिक परिवेश र स्थापित पुरातन सांस्कृतिक मूल्यभित्र नारी र पुरुषका अवस्थितिको खोजी गरिएको छ । उपन्यासमा अभिव्यक्त लैङ्गिक उत्पीडन र प्रतिरोधी चेतनाका सन्दर्भको अध्ययन गरेपश्चात त्यसमा लैङ्गिक उत्पीडन, अझ विशेषतः नारी उत्पीडन विरुद्धको प्रतिरोधी चेतना सशक्त रहेको निष्कर्ष प्राप्त भएको छ ।