‘बाटो’ कथामा सङ्कथन निर्मिति

Authors

DOI:

https://doi.org/10.3126/iimrjbc.v3i1.81390

Keywords:

सांसारिकता, क्रियाकलाप, सांस्कृतिक, उपादेयता, निर्मिति, प्रतीकात्मकता

Abstract

प्रस्तुत लेख ‘बाटो’ कथामा सङ्कथन निर्मितिको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार भएको यस लेखको सैद्धान्तिक आधार सङ्कथन निर्मिति हो । सङ्कथन निर्मिति सङ्कथन अध्ययनको भाषापरक आवरणमा कृतिको केन्द्रीय अर्थ र त्यसको प्रायोगिक व्याख्यासँग सम्बन्धित सिद्धान्त हो । प्रस्तुत ‘बाटो’ कथामा नेपाली समाज र त्यसमा पनि तराई क्षेत्रको सामाजिक पर्यावरणमा अवस्थित राजनीतिक प्रक्रिया तथा त्यसका लागि अवलम्बन गरिने रक्तपातपूर्ण परिवेश प्रतीकात्मक निर्मितिका रूपमा प्रस्तुत भएको छ । आफ्नो सत्तालाई वैधानिकता दिन पराजयलाई स्वीकार गर्ननसक्ने सामन्तवादी विचार तथा सत्ताको केन्द्रीकृत अवधारणासँग सम्बन्धित सामाजिक र सांस्कृतिक निर्मिति स्वतः प्रतीकात्मक निर्मितिको आधार बनेको प्रस्तुत कथाको प्रयोजन अर्थात् उपदेयता निर्मिति समाजबाट सत्तास्वार्थका लागि जुट्ने र फुट्ने सामन्तवादी संस्कृतिको अन्त्य भई विभेदरहित सामाजिक संरचनाको निर्माण हुने आशातीत बन्दैगएको पर्यावरणसूचक कथ्यसन्दर्भ रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
72
PDF
24

Downloads

Published

2025-07-18

How to Cite

Adhikari, A., Karki, B. B., & Regmi, R. (2025). ‘बाटो’ कथामा सङ्कथन निर्मिति . Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 3(1), 1–16. https://doi.org/10.3126/iimrjbc.v3i1.81390

Issue

Section

Articles