घुम्ने मेचमाथि अन्धो मान्छे कवितामा व्याकरणिक संसक्ति {Grammatical Syntax in the Poem the 'Ghumne Mech mathi Andho Manchhe'}

Authors

  • माया Maya घिमिरे Ghimire राममणि बहमुुखी क्याम्पस, रुपन्देही

Keywords:

सुसंबद्ध, प्रतिस्थापन, संसक्ति, निदर्शन, संकथन

Abstract

प्रस्तुत लेखमा कवि भूपि शेरचनद्वारा लिखित घुम्ने मेचमाथि अन्धो मान्छे कविताको व्याकरणिक संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनको पूर्णताका लागि संकथन अध्ययनभित्रको संसक्ति व्यवस्था अन्तगर्तको व्याकरणिक संसक्तिलाई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । यस अध्ययनसँग सम्बन्धित मूल समस्या र शोध्य प्रश्न निरुपणका लागि गुणात्मक तथा सङ्ख्यात्मक अनुसन्धान पद्धति तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यस अध्ययनमा तत्कालीन नेपाली सामन्तवादी बन्द समाजमा समयको गतिशीलतासँगै गतिशील हुन नसकेका आम नेपाली जनताको प्रतिनिधिमूलक चरित्र समाख्याता (म) पात्रको अस्तित्वहीन, निरीह, निस्तेज, निराशावादी, प्राणहीन, चिन्तनलाई कवितामा प्रयुक्त पदपदावलीको उचित संयोजनले कसरी सुसंबद्ध र सङ्गठित पाठको निर्माण भएको छ भन्ने पक्षलाई व्याकरणिक संसक्तिका निर्मितिका आधारमा विश्लेषण गरिएको छ । व्यङ्ग्यात्मक पुट भरिएको यस कवितामा तत्कालीन समयमा जनता कतिसम्म निरीह भएर बाँच्न विवश थिए भन्ने सन्दर्भलाई पाठभित्र आएका निदर्शन, प्रतिस्थापन, लोप, सावर्न ामीकरण र सम्योजन जस्ताव्याकरणिक संसक्तिले कसरी पाठको अर्थलाई एकान्वित र सुसंबद्ध तुल्याई सङ्गठित पाठ निर्माण गरेका छन् भन्ने सन्दर्भको विश्लेषण गरिएको छ । शीर्षकबाटै स्थूल संयुक्ति अभिव्यक्त गरिएको यस कवितामा अन्तर्निहित भाव, परिवेश र सन्दर्भलाई व्याकरणिक संसतिmले कसरी संसक्त तुल्याई कविताको आदिदेखि अन्त्यसम्मको भावगत एकत्वलाई प्रवाह गरेका छन् भन्ने कुरा अध्ययन गरिएको छ र कवितालाई भावको श्रृङ्खलाबद्ध सूचना प्रवाहको संसक्तताबाट व्यवस्थित, सङ्गठित, सुसम्बद्ध पाठका रुपमा रहेको निष्कर्ष निकालिएको छ ।

 

Abstract
0
PDF
0

Author Biography

माया Maya घिमिरे Ghimire, राममणि बहमुुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-07-01

How to Cite

घुम्ने मेचमाथि अन्धो मान्छे कवितामा व्याकरणिक संसक्ति {Grammatical Syntax in the Poem the ’Ghumne Mech mathi Andho Manchhe’}. (2023). Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 1(1), 125-140. https://doi.org/10.3126/iimrjbc.v1i1.67153

Issue

Section

Articles

How to Cite

घुम्ने मेचमाथि अन्धो मान्छे कवितामा व्याकरणिक संसक्ति {Grammatical Syntax in the Poem the ’Ghumne Mech mathi Andho Manchhe’}. (2023). Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 1(1), 125-140. https://doi.org/10.3126/iimrjbc.v1i1.67153