नेपालको कम्युनिस्ट आन्दोलनमा केन्द्रीय न्यूक्लस
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74927Keywords:
विवादग्रस्त, बहुकेन्द्र, कार्यदिशा, पुनर्गठन, संशोधनवादAbstract
कहिले फुट्ने र कहिले जुट्ने क्रम जारी रहे । वि.सं.२०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनदेखि दरभंगा प्लेनम २०१७) सम्म पार्टी विवादग्रस्त बनिरह्यो । दोस्रो केन्द्रीय समितिका महासचिव केशरजंग रायमाझीले राजा महेन्द्रको वि.सं.२०१७ साल पौष १ गतेको शाही घोषणालाई समर्थन गरेपछि पार्टीमा चरम विवाद सुरू भएको थियो । वि.सं.२०१९ सालमा तेस्रो महाधिवेशनको मनोवैज्ञानिक रूपले विभाजन भएर समापन भयो । बहुकेन्द्रमा विभाजित भएको नेकपाको अन्तर्गभमा विभिन्न समूह अस्तित्वमा आउने क्रममा केन्द्रीय न्यूक्लसको पनि उद्भव भएको थियो । जेलबाट छुटेर आएपछि २०२८ सालमा मनमोहन, मोहनविक्रम लगायतले केन्द्रीय न्यूक्लस गठन गर्न निर्णायक भूमिका खलेका थिए । एउटा सानो भेला र प्रारम्भिक कार्य भएको कारणले नै न्यूक्लसको रूपमा त्यसलाई गठन गरिएको थियो । केन्द्रीय न्यूक्लस गठन गर्नुको उद्देश्य शक्तिशाली नेपाली कम्युनिस्ट पार्टीको निर्माण गर्नु थियो । केही समयसम्म त्यसले आफ्नो प्रयासलाई अगाडि बढाएपनि कालन्तरमा यसमा सामेल कैयौँ व्यक्तिले केन्द्रीय न्यूक्लस छाडे । केन्द्रीय न्यूक्लसमा रहेकाले चौथो महाधिवेशन गरेर नेकपाको पुनर्गठन गर्न महत्वपूर्ण भूमिका खेले । केन्द्रीय न्यूक्लसले मुख्य गरी कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव, तात्कालिक राजनीतिक प्रस्ताव, वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका विशेषताहरू, देशका राजनीतिक शक्तिहरूको विश्लेषण नेपाल कम्युनिस्ट पार्टीभित्र देखापरेका भड्कावहरू नामक दस्ताबेज पारित गरेको थियो । यिनै दस्तावेजका आधारमा कालन्तरमा फरक धार बन्ने गरी नीति निर्माण गरेको थियो । राजालाई सामान्तवादको नाइकेको रूपमा र नेपाली काँग्रैसलाई त्यसको सहयोगी संस्थाका रूपमा हेरेर ती दुबैलाई समान दुश्मनका रूपमा हेरिएको थियो। नेपाली क्रान्तिको प्रधान दुश्मनका रूपमा घरेलु सामन्तवाद तथा भारतीय विस्तारवाद र विश्व स्तरमा अमेरिकी साम्राज्यवादसित प्रधान अन्तर्विरोध हुने कुरा यसमा व्याख्या गरिएको थियो । नेकपाभित्र देखा परेका भड्कावको विश्लेषण दस्तावेजमा पार्टीमा विभाजन ल्याउने तत्वको विश्लेषण गरिएको थियो । यस अध्ययनको उद्देश्य सङ्गठन निर्माण गर्दै सैद्धान्तिक र राजनीतिक दिशा निर्धारण गरेर नेपाली कम्युनिस्ट आन्दोलनको अलग धाराको परम्पराको रूपमा केन्द्रीय न्यूक्लसको ऐतिहासिक स्थानको बारेमा खोज गर्ने रहेको छ ।