उदयपुर गाईघाटस्थित मुढगडाको परीक्षण उत्खनन
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74909Keywords:
पूर्व पाषाण, ढुङ्गे चिहान संस्कृति, नागा, मणिमाला, किरात, लिम्वु, पुरातात्विक स्थल, किलाक्षरAbstract
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा त्रियुगा नगरपालिका रहेको छ । यसको पूर्वमा चौेदण्डीगढी नगरपालिका, उत्तरमा रौतामाई गाउँपालिका र खोटाङ जिल्ला, पश्चिममा उदयपुरगढी गाउँपालिका र सप्तरी जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन् । त्रियुगा नदीलाई प्राचीनकालमा तिरुवा भनिन्थ्यो र पछि अपभ्रंश भई त्रियुगा भनिएको भन्ने मान्यता रहँदै आएको छ । चुरे पहाड, भित्री मधेश, महाभारत श्रृंखलाका रुपमा उदयपुरको भूगोलको स्वरुप रहेको छ । यसको दक्षिणको भाग विदेह वा मिथिला र उत्तरी भाग माझ किरातको प्रभाव क्षेत्रमा प्राचीनकालदेखि रहदै आएको पाइन्छ । विदेहको सीमाना पूर्वमा कोशी नदी, दक्षिणमा गंगा नदी, उत्तरमा हिमालय पहाड र पश्चिममा गण्डकी नदी थियो । उदयपुर जिल्ला पुरातात्विक दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको पाइन्छ । यहाँ पूर्वपाषाण कालदेखिका ढुङ्गे चिहान संस्कृतिसम्म, किरातकालदेखि सेन कालसम्मका प्रमाणहरु भेटिन्छन् । हालै पुरातत्व विभागबाट उदयपुर जिल्लाको गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं ३ मा त्रियुगा जनता क्याम्पस हातामा अग्लो ढिस्को माथि बनाइएको शिव मन्दिरको दक्षिणमा ईंटाका टुक्राहरु, कुँदिएका प्रस्तरहरु भेटिएकाले यसको उत्खनन् गरिएको छ । प्रस्तुत अध्ययनको उद्देश्य त्यही उदयपुर गाईघाटस्थित मुढगडाको परीक्षण उत्खनन्सँग सम्बन्धित रहेको छ ।