प्रा. डा. तुलसीराम वैद्यको इतिहास लेखनमा योगदान र व्यक्तित्व

Authors

  • नृसिह कुमार Nrisingh Kumar खत्री Khatri

Keywords:

वैद्यसर, नेपालमा इतिहास लेखन, क्षेत्रीय ऐतिहासिक गोष्ठीहरू, असल अभिभावक, मेचीदेखि महाकाली

Abstract

वि.सं.२०२० सालभन्दा पछाडि नेपालको इतिहास विषयको लेखन र अध्ययनमा विद्यालय तहमा इतिहासलाई जोडदिने, कलेज र विश्वविद्यालय तहमा पनि यस विषयलाई बढी अध्ययन र अनुशन्धानमा जोड दिने काम भएको थियो । लोकसेवा आयोगको परीक्षामा पनि इतिहास विषयको गहन अध्ययन गर्ने विद्यार्थीहरू उत्तीर्ण भएर सेवा प्रवेश गरेका थिए । त्यो समयदेखि इतिहास विषयको महत्व निकै बढेको थियो । “सवै घटनावलीहरू, तथ्यहरू इतिहासको कोष भण्डारमा जान्छन् र अरु विभिन्न बिषयहरूलाई भरण पोषण गर्दछ,” भनिन्छ । इतिहासलाई अध्ययन, अनुशन्धान, चिन्तन, मनन र विश्लेषण गर्नु पर्दछ । इतिहास विगतलाई सम्झना गर्नु पर्दछ तर कम कोट्याउने हो, धेरै होइन । वाहिरी विषयको इतिहास लेखनमा योगदान, इतिहासमा गोष्ठी, सेमिनार सम्मेलन गर्ने परम्पराको थालनी, यसमा आफ्नो परीवारलाई पनि सहभागी गराउने प्रचलनको थालनी, क्षेत्रीय इतिहासको लेखन गर्ने इतिहासलाई विविध विधागत विषयमा रहेर पनि अध्ययन गर्न प्रोत्साहन गर्ने कामको थालनी प्रा.डा. तुलशी राम वैद्यबाट प्रारम्भ भएको पाइन्छ । यही नै यो लेखको सार हो । तुलसीराम वैद्यको वारेमा लेख तयार गर्नु यसको उदेश्य हो । 

Abstract
118
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

प्रा. डा. तुलसीराम वैद्यको इतिहास लेखनमा योगदान र व्यक्तित्व . (2024). HISAN: Journal of History Association of Nepal, 10(1), 146-150. https://doi.org/10.3126/hisan.v10i1.74908

Issue

Section

Articles

How to Cite

प्रा. डा. तुलसीराम वैद्यको इतिहास लेखनमा योगदान र व्यक्तित्व . (2024). HISAN: Journal of History Association of Nepal, 10(1), 146-150. https://doi.org/10.3126/hisan.v10i1.74908