श्री ५ को वायूदेवता गुठीको ऐतिहासिक र सांस्कृतिक महत्व

Authors

  • नवराज Nawaraj लम्साल Lamsal इतिहास केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय किर्तिपुर, काठमाडौ

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74907

Keywords:

वायुदेवता गुठी, गुठीयार, तालुकदार, नेपाल एकीकरण, लालमोहर

Abstract

गुठी व्यवस्था विश्वमा नै नेपालको मौलिक पहिचान र सम्पदा हो । अन्य कानुन प्रणाली र सामाजिक प्रणालीमा रहेको ट्रष्ट भन्दा नेपालको गुठी प्रणाली भिन्न छ । नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला जात्रा पर्व आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरको स्थापना, निर्माण र सञ्चालन र व्यवस्थापनमा राज्य र निजी स्तरबाट समेत महत्वपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायत धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात हुँदै आएको पाइन्छ । हामीकहाँ भिन्न भिन्न गुठि संरचना, पद्दति र विधान छन् । श्री ५ को वायुदेवता गुठी अन्य गुठी भन्दा फरक गुठी हो । पृथ्वीनारयण शाहको नेपाल एकिकरण अभियानको क्रममा संकल्प गरिएको र पछि वहादुर शाहको पालामा वि. सं. १८५२ को लालमोहर अनुसार गठन गरिएको नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक स ं रचनामा गहिरो महत्व राख्ने ऐतिहासिक संस्था हो । यो गुठी स्थापित भई राजपरिवारको संरक्षणमा चल्दै आएको छ । गुठीका सदस्यहरू तालुकदार र गुठीयारहरू हुन्, जसले धार्मिक अनुष्ठानहरू सञ्चालन गर्नुका साथै गुठीको सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् । बायुदेवता गुठीको मुख्य उद्देश्य बायुदेवताको पूजा र संरक्षण गर्न आवश्यक स्रोतहरूको व्यवस्थापन गर्नु हो । यस गुठीले धादिङ, गोरखा, काठमाडौं लगायतका स्थानहरूमा फैलिएको जग्गाजमिनको व्यवस्थापन गर्दै धार्मिक कार्यहरूका लागि योगदान गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
93
PDF
19

Downloads

Published

2024-12-31

How to Cite

लम्साल Lamsal न. . N. (2024). श्री ५ को वायूदेवता गुठीको ऐतिहासिक र सांस्कृतिक महत्व . HISAN: Journal of History Association of Nepal, 10(1), 136–145. https://doi.org/10.3126/hisan.v10i1.74907

Issue

Section

Articles