चितवन जिल्लाका थारु जातिको सामाजिक–सांस्कृतिक अध्ययन

Authors

  • तिलु थापा श्रेष्ठ इतिहास केन्द्रीय बिभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74906

Keywords:

भूमिपुत्र, चितौनिया, आदिवासी, सिमान्तकृत, गुरौ

Abstract

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यहाँ १४२ जातजातिहरुको बसोबास रहेको तथ्याङ्कले देखाउँदछ । यी मध्ये थारु जाति पनि एक हुन् । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई र भित्री मधेशमा थारु जातिको बसोबास रहेको छ । वि.सं.२०५९ सालमा नेपाल सरकारले ५९ वटा जातजातिहरुलाई आदिवासी तथा जनजातिमा सूचिकृत गरी थारु जातिलाई सिमान्तकृत समूहअन्तर्गत राखेको छ । यस जातिको भाषा एउटै (थारु भाषा) भए पनि उनीहरुको संस्कार र संस्कृतिमा ठाउँ अनुसार भिन्नता रहेको पाइन्छ । आफुलाई  तराईको भूमिपुत्र आदिवासी मान्ने थारु जातिको संस्कार र संस्कृतिमा वर्तमान समयमा धेरै परिवर्तनहरु आएका छन् । यो परिवर्तन अन्य जातिसँगको सामिप्यताको प्रभावस्वरुप भएको मान्न सकिन्छ । प्रस्तुत लेखमा चितवन जिल्लाका थारु जातिको सामाजिक सांस्कृतिक पक्षको अध्ययन गरिएको छ । यस अनुसन्धानात्मक लेखमा प्राथमिक र द्वितीय दुवै स्रोतहरुको प्रयोग गरिएको छ । अन्तर्वार्ता, स्थलगत अवलोकनबाट प्राथमिक स्रोत सामग्री र पूर्वकृतिहरुको अध्यनयबाट द्वितीय स्रोत सामग्री सङ्कलन गरिएको छ । यसको प्रस्तुतीकरण व्याख्यात्मक र विश्लेषणात्मक ढाँचामा गरिएको छ । यसको प्रस्तुति ए.पि.ए. सातौं संस्करणमा आधारित रहेर गरिएको छ । चिवतनका थारु जातिको सामाजिक–सांस्कृतिक पक्षको जानकारी गराउनु  प्रस्तुत लेखको उद्देश्य रहेको छ । 

Downloads

Download data is not yet available.
Abstract
10
PDF
10

Downloads

Published

2024-12-31

How to Cite

श्रेष्ठ त. थ. (2024). चितवन जिल्लाका थारु जातिको सामाजिक–सांस्कृतिक अध्ययन . HISAN: Journal of History Association of Nepal, 10(1), 125–135. https://doi.org/10.3126/hisan.v10i1.74906

Issue

Section

Articles